चीनले सगरमाथामा सुरूङ खनेर यसरी ल्याउँदै छ काठमाडौंमा रेल

काठमाडौं, चैत २७ – चीनले सर्वोच्च शिखर सगरमाथा हुँदै काठमाडौंसम्म रेलवे निर्माण गर्ने प्रस्ताव गरेको छ। चीनले सगरमाथा छेडेर सुरुङमार्फत रेल ल्याउन यस्तो प्रस्ताव अघि सारेको हो।

नेपालकै प्रस्तावअनुसार चीनले सगरमाथा सुरुङ बनाएर सन् २०२० सम्म काठमाडौंसम्म रेल ल्याउने तयारी गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना डेलीले बुधबारको अंकमा लेखेको छ।

तिब्बतको रेल वे सेवाले ल्हासा र चीनको अन्य सहर पहिले नै जोडिसकेको छ। नौ महिनाअघि चीनको सिगात्से ल्याइपुर्याइएको रेल सन् २०२० भित्र नेपालको सीमासम्म जोड्ने महत्वकांक्षी योजना चीनले गत वर्ष सार्वजनिक गरेको थियो। नेपाललाई चीनको रेलमार्गले जोड्न विकट भौगोलिक स्थितिका कारण सगरमाथा सुरुङमार्ग बनाउनुको विकल्प नभएको चिनियाँ विज्ञ तथा एकेडेमी अफ इन्जिनियङि अफ चाइनालाई उद्धृत गर्दै चाइना डेलीले जनाएको छ।

चिनियाँ विज्ञ वाङमेङ्सुका अनुसार सगरमाथामा सुरुङमार्ग बनाएर रेल नेपाल ल्याइनेछ। यो सुरुङमार्ग मार्फत चीनबाट काठमाडौं आउने रेलको गति एक सय २० किलोमिटर प्रतिघन्टा हुनेछ।

चिनियाँ विदेशमन्त्री वाङ यीको गत पुसमा भएको नेपाल भ्रमणका बेला पनि सुरुङ बनाउने विषय उठान भएको जनाइएको छ।

नेपाल सरकारले भने नेपाल–चीन सीमा नाका केरुङ आइपुग्ने चिनियाँ रेललाई काठमाडौं जोड्ने योजनाअनुसार सम्भाव्यता अध्ययन गर्ने जनाएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ। ६ वर्षअघि केरुङ आइपुग्ने चिनियाँ रेललाई काठमाडौंसम्म ल्याउन रेलवे विभागले तयार पारेको रेलवे सम्भाव्यता अध्ययन प्रतिवेदन राष्ट्रिय योजना आयोगले दुई साताअघि स्वीकृत गरिसकेको छ।





Comments

comments

Leave a Reply

5596