हङकङ ग्याङ फाईटमा पाकिस्तानी नागरिकको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, २९ अगष्ट । हङकङ ग्याङ फाईटमा परेर सोमवार विहान एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ।

आज (२९) बिहान करिब ४.०२ बजे एक ३५ वर्षीय पाकिस्तानी नागरिकलाई याउ मा तेइको जोर्डन रोडमा रहेको न्यू लक्की हाउसबाट निस्कने बितिक्कै ४ जना दक्षिण एसियाली नागरिकले लखेटेर आक्रमण गरेका थिए।

तीमध्ये २ जनाले धारिलो चक्कुले प्रहार गरेका थिए। उनीहरु दुईवटा मोटरसाइकलमा आएर पीडितलाई कुटपिट र आक्रमण गरेका थिए।

पीडितले करिब १०० मिटर टाढा भाग्ने प्रयास गरे पनि जोर्डन रोड र पार्केस स्ट्रीटको जंक्शनमा रोकिएका थिए। छुरा प्रहारबाट गम्भीर घाइते अवस्थामा उनी भुइँमा ढलेका थिए, स्थानीय मिडियाले समाचारमा उल्लेख गरेको छ।

अभियुक्तहरु घटनास्थलबाट भागेपछि घाइते पीडितलाई उपचारको लागि एम्बुलेन्सबाट क्विन एलिजाबेथ अस्पताल लगिएको थियो। तर गम्भीर चोटका कारण उनको मृत्यु भयो।

घटनास्थलमा रगतको दाग, एक कोट र रगतले दागिएको चप्पलको एक जोडी भुइँमा छोडिएको थियो।

ठूलो संख्यामा घटनास्थलमा पुगेका प्रहरीले अनुसन्धानका लागि वरपरका प्रमाणहरू जुटाउंदैछन्। सीसीटीभी फुटेज जाँच गरेका छन्। घटनालाई हत्याको रूपमा वर्गीकृत गरिएको छ। र याउ चिम जिल्ला प्रहरी जासूसहरूले संलग्न संदिग्धहरूको खोजी गरिरहेका छन्।

याउ चिम जिल्लाको जिल्ला अपराध अनुसन्धान टोलीले अनुसन्धान शुरु गरेको छ। घटनाको प्रत्यक्षदर्शी वा कुनै जानकारी दिने व्यक्तिले ३६६१ ९२४५ मा अनुसन्धान अधिकृतलाई सम्पर्क गर्न आग्रह गरिएको छ।





Comments

comments

56600