धरानमा जी-बब र अस्मिता अधिकारी भदौ २५ मा आउंदै

धरान । अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले आयोजना गरेको ‘र्‍याप ब्याटल’ बाट एक्कासी चर्चामा आएका जी-बब नामले लोकप्रिय बनेका र्‍यापर सुदिप भण्डारी पहिलोपल्ट धरानमा आगामी भदौ २५ गते शनिबार आयोजना हुने ” टूबोर्ग फुल भोल्युम कन्सर्ट “को लागि आउने भएका छन।

फुल भोल्युम कन्सर्टमा जी- बबसँगै अहिलेकी लोकप्रिय गायिका अस्मिता अधिकारीले पनि आफ्नो गीतहरु प्रस्तुत गर्नेछिन् भने चर्चित र्‍यापरहरु प्लस डिभाइड र शिरुपातेसंगै धरानको चर्चित डीजे डबल बी र डीजे नभसनले डीजेइङ्ग समेत प्रस्तुत गर्नेछन्।

” मिलेन लेभल तेरो ” बोलको बहुचर्चित गीतसंगै फ़ाइनल्लि भेटियो, कलाको म धनी, भाग न भाग, कलाकार, सिधा कुरा मेरो लगायतका युवाहरुमाझ लोकप्रिय आफ्ना अन्य गीतहरु प्रस्तुत गर्नेछन्। उनी पूर्वमा नै पहिलोपल्ट कन्सर्टका लागि धरान आउंदैछन्।

त्यस्तै नेपाली फिल्म तथा आधुनिक -पप गीतहरुमा एकदमै रुचाएकी गायिका अस्मिता अधिकारीको “बाबरी रङ्गमा “अहिले निक्कै नै लोकप्रिय तथा टिकटकमा समेत उत्तिकै भाइरल छ। उनको काफल कमल , टाढा भएपनि , लज्जावती झार, कोहोला त्यो , साली मन पर्यो, तिम्रो मायाले बाँधेर राख, रम रम मरौतीं लगायत गीतहरु पनि उत्तिकै चर्चित तथा लोकप्रिय छन्। त्यस्तै र्‍यापर प्लस डिभाइडका शब्दको युद्ध , बाबु भित्र केहि खास , आको म यहाँ , चाहिने भन्दा बढी ,म जहिले लगायतका गीतहरु र र्‍यापर शिरुपातेका राजनीति , मस्त , नोबडी नोज ,कालेभाई लगायतका गीतहरु युवाहरु माझ निक्कै लोकप्रिय छन्।

लामो समयपछि धरानमा आयोजना हुन लागेको भब्य कन्सर्टमा सबैखाले दर्शकहरुको मनोरन्जनका लागि र्‍याप र मेलोडीको सम्मिश्रण गरिएको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ। कन्सर्टको संचालन इक्सा मादेनले गर्नेछिन्।

कन्सर्टको लागि अग्रिम टिकट बुकिङ्गको लागि रु.३००/- र गेट टिकट रु.५००/- राखिएको छ। टुबोर्ग बियरको प्रस्तुति रहेको फुल भोल्युम कन्सर्टमा डिभाइन वाइन, रेड्ब्ल्यु इनर्जी ड्रिंकको सह-प्रायोजन , केन्द्र मोसन पिक्चर्स , एसपी इभेन्ट्स युके , एनएचडीडी स्टुडियो , भीआइपि नेपाल ऑस्ट्रेलियाको बिषेश सहयोग तथा महेन्द्र अक्वा, पेप्सी, धरान टि र पीएच शाइन शेम्पूको सहयोग रहेको छ।





Comments

comments

56664