रमाइलो गर्न गएकी डोमेस्टिक हेल्परको पोखरीमा डुबेर मृत्यु…!

एचकेनेपाल डट कम –

हङकङ, १२ सेप्टेम्बर । रमाइलो गर्न गएकी एक विदेशी घरेलु सहयोगीको आज सोमवार दिउंसो पोखरीमा डुबेर मृत्यु भएको छ।

स्थानीय मिडियाका अनुसार चुन वानस्थित Tso Kung Tam झरनामा पौडी खेल्न क्रममा डुबेर उनको मृत्यु भएको हो।

मृत्यु हुने युवती विदेशी घरेलु सहयोगी भनिए पनि उनी कुन देशकी हुन् भनेर समाचारमा खुलाइएको छैन।

अपरान्ह ४ बजेतिर एक युवती झरनाको पोखरीमा बेपत्ता भएको प्रहरीलाई खबर प्राप्त भएको थियो।

घटनास्थल पुगेका प्रहरी र उद्धारकर्मी टोलीले पीडित युवतीलाई पोखरीको करिब ४ मिटर गहिराइबाट उद्धार गरिएको थियो।

उपचारको लागि उनलाई अस्पताल लगिएको थियो। तर, दुर्भाग्यवश साँझ ६ बजे उनको मृत्यु भएको पुष्टि भयो।

घटनाको समयमा कैयौं विदेशी घरेलु कामदारहरु रमाइलो गरिरहेका थिए। घटनाका क्रममा पीडित युवतीले झरनाबाट पोखरीमा हाम फालेको आशंका गरे पनि उनका साथीहरूले पानीमा हाम फालेको देखेका थिएनन्।

प्रहरीले घटनाको अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ।

गत साल जुलाई महिनामा सोही पोखरीमा २३ वर्षीया नेपाली युवतीको डुबेर मृत्यु भएको थियो भने गत मार्च २२ तारिख पाकिस्तानी युवकको डुबेर मृत्यु भएको थियो।





Comments

comments

57485