हङकङ सरकारले हटायो होटल क्वारेन्टिन, हङकङ आगमनमा अब सहज हुने…!

एचकेनेपाल डट कम –

हङकङ, २६ सेप्टेम्बर । हङकङ सरकारले कोभिड – १९ का कारण २.५ वर्षदेखि लागु गर्दै आएको होटल क्वारेन्टिन नीति आज सोमबारदेखि खारेज गरेको छ।

होटल क्वारेन्टिन नीति खारेज गरेसंगै विदेशमा अड्केर बसेका हङकङबासी यात्रुलाई हङकङ आगमनमा सहज हुने भएको छ।

सरकारले नयाँ “०+३” प्रवेश योजना आजदेखि लागू गरेको छ। यात्रुहरूलाई तोकिएको क्वारेन्टिन होटलमा नबसाई तीन दिनसम्म आफ्नै स्वास्थ्यको निगरानी गर्न भनिएको छ।

यी तीन दिनका लागि यात्रुहरूलाई “एम्बर” स्वास्थ्य कोड दिइने छ। जसले तिनीहरूलाई बार र रेस्टुरेन्टहरू वा भ्याक्सिन पासद्वारा कभर गरिएका अन्य कुनै पनि ठाउँहरूमा प्रवेश गर्न भने निषेध गरिने छ।





Comments

comments

58388