Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कोलोराडोमा कवि नवराज पराजुलीको कविता कन्सर्ट.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

कोलोराडोमा कवि नवराज पराजुलीको कविता कन्सर्ट..

नातीबाबु भट्ट / एचकेनेपाल डट कम –

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको आयोजनामा डेन्भर शहरमा चर्चित कवि नवराज पराजुलीको कविता कन्सर्ट सम्पन्न भयो।

“सगरमाथाको गहिराई” कविता संग्रहका लागि पद्मश्री पुरस्कार प्राप्त गरेका कवि पराजुली हाल अमेरिकाको विभिन्न शहरहरुमा कविता कन्सर्ट गरिरहेका छन्। यसै क्रममा अनेसास, कोलोराडो शाखाले उहाँको सोर्ह्रौ कन्सर्ट आयोजना गरेको हो।

अनौपचारिक रुपमा संचालन गरिएको कविता कन्सर्ट शुरु हुनुअघि शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति शोक व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रममा अनेसास, बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्माले कवि पराजुलीको छोटो परिचय दिएका थिए।

आफ्ना बहुचर्चित ह्याप्पी बर्थडे, रुख जस्ता कविताहरुको अलावा उनले मोक्ष, एक्लै, बामपन्थी लभ जस्ता अनेक लोकप्रिय कविताहरु सुनाएर उपस्थित दर्शकहरुलाई मन्त्रमुग्ध पारेका थिए। कार्यक्रमको संचालन अनेसास, कोलोराडो शाखाका महासचिव किरण अधिकारीले गरेका थिए।





Comments

comments

59905