कलोराडोमा नेपाल संम्बत ११४३ को उपलक्ष्यमा न्हू दँ भिंतुना सम्पन्न

नातिबाबु भट्ट –

कोलोराडो, अमेरिका। कोलोराडोमा नेपाल संम्बत ११४३ को अवसरमा एक कार्यक्रमको साथ न्हू दँ भिंतुना सम्पन्न भएको छ।

लङमन्टका सिटी काउन्सिल सदस्य शिकिता यारबोरोके प्रमुख अतिथ्यतामा तथा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, व्यावसायी, बुद्धिजीवी, कलाकार, साहित्यकार, पत्रकार सर्वसाधारणको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हो।

कार्यक्रमका प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन र संस्थाका अध्यक्ष प्रेम काजी श्रेष्ठले नेपाल संम्बतका प्रणेता नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाको तस्विरमा फूलमाला चढाएर संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । साथै प्रमुख अतिथि यारबोरोले कोलोराडो नेवाः खलःको कुताक्षर अक्षरमा लेखिएको लोगोको पनि विमोचन गरेकी थिइन्।

नेपाली तथा नेपाल भाषाका वाङमय् शताब्दी पुरुष स्वर्गीय सत्य मोहन जोशीको स्मृतिमा एक मिनेट मौनधारण गरिएको उक्त समारोहमा नेपाल संम्बतका प्रणेता तथा नेपालका राष्ट्रिय विभूति शंखधरको भिडियो प्रस्तुत गरी नेपाल संम्बतको बारेमा जानकारी गराइको थियो।

सविशा श्रेष्ठको नृत्य एवं सुरेशचन्द्र प्रधानले बॉंसुरीको धुन बजाइ दर्शकलाई मनोरञ्जन गराएका थिए । त्यसैगरी कोलोराडो नेवाः खलःका आजीवन सदस्यहरु तथा हालै निवार्चित संस्थाकाे नयाँ कार्यसमितिका पदाधिकारीहरू सबैलाई प्रमुख अतिथि यारबोरोले प्रमाणपत्र प्रदान गरेकी थिइन्।

यसरी निर्वाचत पदिधकारीहरूमा अध्यक्ष भूषणलाल श्रेष्ठ, उपाध्यक्ष मनोजकाजी तुलाधर, महासचिव सञ्जय शाक्य, सचिव नारायणप्रसाद दुवाल, कोषाध्यक्ष मोहनकाजी श्रेष्ठ, साँस्कृतिक सचिव, सुरेन्द्र महर्जन , इभेन्ट अफिसर सुनन्दा डंगोल र पब्लिक रिलेसन अफिसर विनिशा श्रेष्ठ रहेका छन् । यसैगरी संस्थाका सदस्यहरूमा प्रेमकाजी श्रेष्ठ, सुरेश श्रेष्ठ , सुरेन्द्र अवाल , जोशन श्रेष्ठ , अनिल बज्राचार्य रहेको नव निर्वाचित अध्यक्ष भुषण लाल श्रेष्ठले बताएका छन्।

झण्डै १२ वर्षअघि नेपाल सम्बत् ११३० मा प्रेमकाजी श्रेष्ठको अगुवाइमा कोलोराडो नेवाः खलः गठन भएको थियो । ने सं ११४३ मा संस्था १३ वर्ष प्रवेशको अवशरमा सहभागीहरुलाई टीकासँगै अण्डा सगुन दिएर स्वागत गरिएको थियो । नेवाःखलःका महासचिव मनोज काजी तुलाधरले सम्पूर्ण आगन्तुकहरुलाई स्वागत मन्तव्य दिएका थिए भने विनिशा श्रेष्ठले कार्यक्रम संचालन गरेकी थिइन्।

स्थानीय संस्थाहरुका तर्फबाट गैरआवासीय नेपाली संघका उपाध्यक्ष बिष्णु पौडेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका राजु सिटौला, नेपाली घरका अध्यक्ष जगदीश चन्द्र ढकाल, रक्की माउन्टेन फ्रेण्डस् अफ नेपालका अध्यक्ष टिका पौडेल र हेल्पिङ ह्याण्ड्सका अध्यक्ष नारायण श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए । भिंतुना समारोहमा नव गठित कार्यसमितिका अध्यक्ष भूषणलाल श्रेष्ठले नेपाल भाषा, नेवाः संस्कृतिको संरक्षण तथा विकासमा पुर्याएको योगदानको मूल्यांकन गर्दै निवर्तमान अध्यक्ष प्रेमकाजी श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरेका थिए। महासचिव सञ्जय शाक्यले सबैलाई शुभकामनाको साथै धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको अन्त्य भएको घोषणा गरेका थिए।





Comments

comments

60898