नेपालीमूलकी परिजितालाई मतदान गर्न आधिकारिक एप्स डाउनलोड गर्न आह्वान..

विजय थापा / एचकेनेपाल डट कम –

अमेरिकी द भ्वाइसको २२ औं श्रृंखलामा प्रतिस्पर्धामा रहेकी नेपालीमूलकी १७ बर्षीया परिजिता बास्तोलालाई मतदान गर्न आधिकारिक एप्स डाउनलोड गर्न टिम परिजिताले सबैमा आह्वान गरेको छ।

अर्को हप्तादेखि मतदान प्रारम्भ हुने भएकोले अग्रिम रुपमा बिश्व भरि छरिएर रहेका सबै नेपाली समुदायका सदस्यहरुलाई मतदान गर्नको लागि अग्रिम रुपमा तयारी हुन् टिम परिजिताले सबैमा आग्रह गरेको छ।

टिम परिजिता जिताऔं अभियानले द भ्वाईसको आधिकारिक एप्स डाउनलोड आ-आफ्नो मोबाइलमा अहिले देखि नै राख्न अनुरोध गरेको छ। नोभेम्बर १४ देखि प्रारम्भ हुने मतदानमा सबैलाई सरल र सजिलो हुने टिम परिजिताको भनाई रहेको छ।

अनलाइनबाट मतदान प्रक्रिया अगाडि बढ्ने भएकोले अमेरिकाका नेपाली समुदायले जति सक्दो छिटो आधिकारिक एप्स डाउनलोडगर्न टिम परिजिताले बिशेष अनुरोध गरेको छ।

नोभेम्बर ७ का सोमबार पनि अन्य प्रतियोगीहरुको प्रतिस्पर्धा हुनेछ भने परिजिता सहभागी हुने छैनन्। परिजिताले गत हप्तानै अर्को चरणमा प्रवेश गरि सकेकी छिन्। अहिलेसम्म उनी निर्णायकहरुको मतदानबाट मात्र यस अवधिसम्म रहन सफल भएकी छिन्। तर नोभेम्बर १४ देखि जनताको मतदानले मात्र अगाडी बढ्ने हुनाले १७ बर्षीया प्रतिभाशाली परिजिता वास्तोलालाई अर्को चरणमा पुर्याउन हामी सबैको साथ, सहयोग, समर्थनको आवश्यकता पर्ने हुनाले टिम परिजिताले सबैलाई पूर्व तयारी रहन समेत अनुरोध गरेको हो।

टिम परिजिता जिताऔं अभियानमा जो पनि जोडिन सक्ने छन्। नोभेम्बर १४ का दिन प्रस्तुति समापन हुनासाथ मतदान प्रक्रिया सुरु हुनेछ र नोभेम्बर १५ का दिन केवल १३ जना मात्र प्रतिस्पर्धामा रहने छन्।

The Voice को अफिसियल एप्स डाउनलोड गर्न यो लिंक क्लिक गर्नुहोस् :

https://www.nbc.com/the-voice/exclusives/voice-app?fbclid=IwAR0Rps-hAZsCfm6eLHdGnZDDdBx5DIOYhTsBcLQ5Mis4RAwhtLNzo3DSD4c

टिम परिजितासंग जोडिन यो लिंक होला : https://www.facebook.com/groups/831233151520702/





Comments

comments

60901