हङकङमा मृत्यु भएका गुरुङको शवलाई नेपाल पठाइयो…

एचकेनेपाल डट कम –

हङकङ, २५ डिसेम्बर। हङकङको युन लङस्थित आफू बस्ने घरको बाथरुममा मृत फेला परेका चीनबहादुर गुरुङको शवलाई नेपाल पठाइएको छ।

गुरुङको पार्थिव शरीरलाई नेपाल ल्याई दिन काठमाडौंबाट आमा र दाजुहरुले आग्रह गरेपछि शनिवार हङकङबाट नेपाल पठाईएको हो।

कास्की धम्पुस फेदी ७ का ४३ वर्षीय चीनबहादुर गुरुङ डिसेम्बर ५ तारिख युन लङस्थित घरको बाथरुममा विहोस फेला परेका थिए।

मृतक गुरुङकी भाउजु यमुना गुरुङका अनुसार एम्बुलेन्सलाई बोलाएर तत्काल अस्पताल लगिए पनि गुरुङको घरमै मृत्यु भइसकेको चिकित्सकले पुष्टि गरेका थिए।

मृतक गुरुङकी भाउजु यमुना गुरुङ, धम्पुस फेदी भाइखलक र धम्पुस समाज हङकङको सहयोग तथा पहलमा मृतक गुरुङको शवलाई नेपाल पठाइएको हो।

मृतक गुरुङको हङकङमा एक श्रीमति सनम गुरुङ, दुई साना कलिला छोरीहरु रिया ३ र साया ११ वर्षका रहेका छन्।

भाइखलक र समाजका प्रतिनिधिहरुले मृतक गुरुङका परिवारलाई गत विहीवार साँझ भेटेर सहानुभूति प्रकट गरेका थिए। सहानुभूति प्रकट गर्न धम्पुस समाज हङकङका अध्यक्ष दिल गुरुङसहित जस गुरुङ, ईश्वर गुरुङ, चिजमान गुरुङ, अमर गुरुङ र भाइखलकबाट पशन तमू, लाल गुरुङ, प्रशान्त गुरुङलगायत मृतक गुरुङको युन लङस्थित घरमा पुगेका थिए।

दुःखद परिस्थितिमा दुख साटासाट र सहानुभूति प्रकट गर्दै भाइखलक र समाजले केही आर्थिक सहयोग मृतक गुरुङकी श्रीमति सनमलाई हस्तान्तरण गरेका थिए। भाइखलकका तर्फबाट प्रशान्त गुरुङले समाजभित्र जसलाई परे पनि सहयोग गरिदै आएकोले अन्यथा नसोंचि आर्थिक सहयोग स्वीकार गर्न आग्रह गरेका थिए।

सहानुभूति प्रकट गर्न पुगेका उनीहरुले मृतक गुरुङको तस्वीरमा धुप बालेर श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेका थिए। त्यसबेलाको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

हेर्नुहोस् भिडियोः

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

63639