हङकङमा चासोक तङनाम २०२२ सम्पन्न

रविन लिङदेन ‘आम्भु जेठा’-

हङकङ २७ डिसेम्वर। लिम्बुहरुको महान राष्ट्रिय चाड “चासोक तङनाम” हङकङमा यसवर्ष पनि भब्यतासाथ मनाएको छ। किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा भएको “चासोक” ब्लू ओसियन रेष्टुरेण्टको हलमा औपचारिक कार्यक्रम गरि धुमधामले मनाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली महाबाणिज्यदुत उदयबहादुर राना मगरले हामि नेपालीहरु नेपाली भुमी छोडेर प्रवासमा रहदा पनि हाम्रो सामाजिक संस्कार, भाषा संस्कृति र विशेषगरि राष्ट्रीयताको भावनाले ओतप्रोत हुनेक्रममा विभिन्न फुलको मालामा नेपालीहरु गासिएर रहेको बताए । उनले आ–आफ्नै विशेषता अनुसार लिम्बु जातीका भाषा सस्कृतीलाई संरक्षण गर्ने उदेश्ले चासोक तङनाम मनाउदै आएकोमा खुसी ब्यक्त गर्दै आफुले पनि चासोक बारे थप जान्ने मौका पाएकोमा चुम्लुङलाई धन्यवाद दिए।

किरात याक्थुङ चुम्लुङ हङकङका सल्लाहकार भुपेन्द्र चेम्जोङले लिम्बुहरुले विशेष फुलहरु फुलेको अवसरमा चाडहरु मनाउने गरेको बताए । फुञ्जिङबा अर्थात पैंयू फुलेको बेलामा “चासोक तङनाम” मनाउने गरेको बताउदै जतिबेला धान कोदो पोकेको खुसीयालीमा भगवानलाई चढाएर मात्र खाने चलनलाई पर्वको रुपमा विकसित गर्दै लगेको बताए । उनले याक्थुङ मुन्धुम अनुसार सावाऐतहाङको चेली सिवेरा याक्थुङमाले तागेरा निङवाभूमाङबाट खेती गर्न सिकेर अन्न पाकेपछी प्रथम पटक भगवानलाई चढाएर खाएको अवसरलाई “चासोक तङनाम” मनाउदै आएको वारे प्रष्ट पारे।

चासोक तङनामको औपचारीक कार्यक्रमका आदिवासी जनजाति माहासघ हङकङका कावा अध्यक्ष कृष्ण राज लाओती, हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङले शुभकामना मन्तब्य दिएका थिए । त्यस्तै, किरात राई यायोखा हङकङका अध्यक्ष चन्द्रिका राई, किरात याख्खा छुमा हङकङका अध्यक्ष पुर्ण याक्खा, चाँगे धर्ती आमा कोष हङकङका अध्यक्ष भद्रकाला आङबुहाङ राई लगायत अन्य विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रयाजोकहरु र सयङहरुको प्रतिनिधिहरु रहेका थिए।

किरात याक्थुङ चुम्लुङ हङकङका काबा अध्यक्ष सम्शेर तुम्बाहाम्फेको अध्यक्षतामा सम्पनन कार्यक्रम सचिव लक्ष्मि पन्धाक “पन्धाक कान्छा”ले संचालन गरेको थियो । कार्यक्रममा स्थानिय याक्थुङ कलाकारहरुको विभिन्न गित तथा नृत्य संगै केलाङ, येवा लाङ, याःलाङ (धान नाच), भेष–भुषा प्रर्दशन लगायतका रमाइलो कार्यक्रम गर्दै वेलुका अवेर सम्म “चासोक तङनाम” मनाएको थियो।

चुम्लङका सदस्य स्याम इङनामले नयाँ अन्न पाके पछी ‘युमा थेवा सम्माङ’ (इष्ट देवता)लाई चढाउने “चासोक सेवा” अर्थात न्वागी पूजा गरेर मात्र खाने चलनलाई देश विदेशमा समेत पर्वको रुपमा मनाउन थालिएको अबसरलाई नै “चासोक तङनाम” भएको स्वागत मन्तब्यको क्रममा बताए।

कोरियोग्रफर सोना लाआतीले हङकङमा जन्मिएर हुर्किएका सनासाना नानीहरूलाई लिम्बु मौलिक पोषाकमा सजाएर क्याटवाक, लिम्बू तथा नेपाली गीतमा नृत्य गराउदै याक्थुङ सस्कार संस्कृति संग नानीहरूलाई जोड्ने काम गरेकी थिइन्।

अर्का नृत्य कोरियोग्रफरे धिरज लिम्बु र सुकु लिम्बुको समूहमा इक्सा लिम्बु, रोजिना, पध्मा, श्रेया, सुप्रिया लगायतका कलाकारले विभिन्न गीतका मनोरञ्जन दिलाएका थिए।

सांगीतक कार्यक्रममा गायिका सीता सिङघक, कमानध्वज लावती, काजीमान मास्वा, मन्जु कङलिवा, दिपेन लिम्बू, रोषा लिम्बू, टीका माखिम लगायतका कलाकारहरुले आ–आफ्नो स्वरमा दर्शकश्रोताहरुलाई नचाएका थिए । चुम्लुङ हङकङका सदस्य गायिका तथा मोडल मनुता काम्बाङले संचालन गरेको सांगीतिक कार्यक्रम भरपूर मात्रमा रमाइलो भएको दर्शकहरुले बताएको थियो।

करिब ६ सय जनाको उपस्थिति रहेको कार्यक्रममा आफ्नो मौलिक सस्कार संस्कृति पहिचान झल्किने गरि सांस्कृतिक कार्यक्रम गरिएको थियो।

“चासोक तङनाम” बारे
प्रकिति पुजक किरातीहरुले नयाँ अन्न पाकेपछि अन्न भित्रयाउदै आफ्नो ‘युमाथेवा सम्माङ’ (इष्ट देवता) लाई चढाई तागेरा निङवाभुमाङ संग अनुमति मागेर खाने चलनलाई लिम्बु समुदायमा “चासोक–थिसोक सेवा” अर्थात “न्वागी पुजा” गर्ने चलन रहेको छ । “न्वागी पुजा”लाई नै किरात लिम्बुहरुले “चासोक–थिसोक सेवा” भनिन्छ । मंसिर पुर्णेको समयमा पर्ने गरि “चासोक–थिसोक सेवा” गरिने परंपरालाई नै “चासोक तङनाम” भनेर भनिन्छ।

याक्थुङ मुन्धुम अनुसार याक्थु«ङ सावायेत्हाङको चेली सिवेरा याक्थुङमाले तागेरा निङवाभुमाङको निर्देशन अनुसार पहिलो अन्न रोपि फलाएर “चासोक–थिसोक सेवा” (न्वागी) पूजागरि तागेरा माङसंग अनुमति मागि आफ्नो माइतीहरुलाई खुवाएको खुसियालीमा चेली सिवेरालाई आसिर्वाद दिदैं “तङनाम” (पर्व) मनाएको भनाइ छ । (सिकारी युगको अन्त्यपछि कृषि युगको शुरुवातको समयमा किरात लिम्वुहरुको आदिम पूर्खा सावायेत्हाङ अर्थात आठ राजहरु थियो भन्ने भनाइ छ।)

फुञ्जिङबा अर्थात पैंयू फुलेको समयमा धान कोदो पाकेर भित्र्याउने समय हुन्छ । जुन समयमा किरात लिम्बुहरुले नयाँ अन्न भित्रयाउदै “चासोक तङनाम” मनाउने चलन लिम्बुवान इतिहासमा पाईन्छ।

किरातीहरुले आदिमकाल देखी यस अवसरलाई आफ्नो महान राष्ट्रिय चाडको रुपमा मनाउदै आएको थियो । अढाइसय वर्ष पहिले नेपाल एकीकरणको अभियान संगैं किरात समुदाय तथा अन्य समुदायलाई हिन्दुकरण गर्ने षडयन्त्रमा किरातीहरुको महान राष्ट्रिय चाड र राष्ट्रियता झल्कने चाडपर्वहरु राज्यपक्षबाट पूर्णरुपले वन्देज गर्दै आएको थियो । किरात लिम्बुको ‘चासोक तङनाम’ किरात राइको ‘साकेला– साकेवा’ किरात याक्खाहरुको ‘चासुवा’ किरात शुनुवारको ‘फोलष्यादर’ लगायत अन्य चाडहरु घर पुजाको रुपमा घरभित्रै मनाउन वाध्य थियो । नेपालमा प्रजातन्त्रको उदय पश्चात मात्र वाहिर आएको यस्ता राष्ट्रिय चाडहरु अहिले आएर किराती समुदायमा संसार भरिनै मनाउने गरेको छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

64102