Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कांग्रेसको भातृसंगठन आदिवासी जनजाति संघको अधिवेशन शुक्रबार

भुपाल गुरुङ / एचकेनेपाल डट कम –
पोखरा, २९ जेष्ठ। नेपाली कांग्रेसको भातृसंगठन नेपाल आदिवासी जनजाति संघ कास्कीको संगठन सदृढकरण गर्ने शिलशिलामा शुक्रबार प्रथम नगर अधिवेशन हुने भएको छ।

प्रथम पटक हुन लागेको नगर अधिवेशनको संयोजन जिल्ला कार्यसमितिले गर्ने जिल्ला संयोजक अशोककुमार भट्टचनले जानकारी दिए। अधिवेशनका लागि सम्पूर्ण तयारी भएको संयोजक भट्टचनले बताए। अधिवेशनमा पोखरा उपमहानगरपालीका भित्रका १८ वटा वडा इकाइहरुको ७२ जना प्रतिनिधी रहन भट्टचनले जानकारी दिए।

कास्की कांग्रेस पार्टी कार्यालय चिप्लेढुंगामा हुने उक्त अधिवेशनलाई पार्टी जिल्ला सभापति सभासद यज्ञ बहादुर थापाले उद्घाटन गर्ने बताएको छ। अधिवेशन गर्नका लागि यस भन्दा अगाडि सम्पूर्ण वडाहरुमा इकाइ समिति गठन गरिसकेको छ।

संयोजक भट्टचनले प्रजातन्त्रमा आस्था राख्ने आदिवासी जनजातिहरुलाई नगर अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्। आदिवासी जनजातिहरु एक हुनुपर्ने बेला आएको बताउदै सम्पूर्ण आदिवासी संगाठित भइ लाग्नुपर्ने बताएका छन्। शुक्रबार हुने अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ।





Comments

comments

67