अमेरिकामा ‘लात्ते भकुण्डो’ को नशा नेपालीलाई पनि

विजय थापा / एचकेनेपाल डट कम –
जेष्ठ २९, भर्जिनिया। आजबाट नै शुरु भएको बिश्व लात्ते भकुण्डो प्रतियोगितासंगै अमेरिकामा बसोबास गरिरहेका अधिकांश नेपालीलाई नशा लागि सकेको छ।

व्यस्त जीवन र दौड धुपसंगै जीवन चक्र घुम्ने पातालमा बसोबास गर्ने र भकुण्डो प्रेमीहरुलाई ज्वरो फुटाएको छ। अमेरिकाको भिन्न राज्यहरुमा फरक समय अनुसार आज भएको ब्राजिल र क्रोसियाबीच खेल हेर्न नेपालको जस्तै गरि पलेटी मारी हेरे।

नेपाल तेह्रथुम घर भै अमेरिका छिरेका साहित्यकार बसन्त श्रेष्ठले भने अघिल्लो बिश्व भकुण्डो प्रतियोगितामा अमेरिकामा भएको जनाउदै काठमाडौँमा उहिले हेरेको सम्झना गराए। आफूलाई भकुण्डो खेल मन पर्ने र खेल्ने गरेको बताउदै कुन समूहले बाजी मार्छ भनि ठोकुवा गर्न नमिल्ने भए पनि ब्राजिलले लान्छ कि भन्ने भविशष्यबाणी गरे। यसै गरि पपसम्राट गायक ओम बिक्रम बिष्टले आफ्नो घर नयाँ सडक वरीपरि अखडा भएकोले आफू नयाँ सडक समूह (एनआरटि)को ग बर्गबाट खेलेको बताए। विश्व कप ब्राजिलमा भएकोले ब्राजिलले लान्छ होला उनले भने। आफू पनि राम्रो खेलाडी भएको चर्चा गर्दै महाबिद्यालय स्तरीय खेलमा थुप्रै खेल खेलेको बताए।

यसै गरि कोलोराडोमा लामो समयदेखि बसोबास गरि रहेका र नेपाली चलचित्रका नायक नवराज श्रेष्ठले आफू अग्र पंक्तिको खेलाडी भएको र बिभिन्न प्रतियोगितामा भाग लिएको बताउदै अर्जेन्टिनाले बिश्व कप लान्छ भने। यसै गरि अमेरिका र नेपाल आवतआवत गरि रहने चर्चित नेपाली गायिका नलिना चित्रकारले आफू सन् २०१० मा स्पेन बिजयी हुंदा टुडिखेलमा ठूलो पर्दामा हेरको बतमइन्। उनले त्यस बेला स्पेनको पहेंलो गन्जी लगाएको स्मरण गराइन्।। यसपटक उनी अर्जेन्टिना फ्यान बनेकी छन्।

यसै गरि अमेरिका नेपाल समाज वाशिंगटन डिसीका पूर्व अध्यक्ष खेम भट्टचनले उहिले म्याग्दीमा पनि खेल हेरेको स्मरण गर्दै काठमाडौँ, जापान र अमेरिकामा हलुका जौ मदिरा सेवन गर्दै मनोरञ्जन गरेको बताए भने अर्जेन्टिनाले बिश्व कप लाने दाबी गरे। आफू काममा भएकोले मिलाएर पुनः हेर्ने बताए। यसै गरी अमेरिकामा दुइ दशकभन्दा अगाडि छिरेका भर्जिनिया लाउडन काउन्टीमा बसोबास गरि पेशाले लेखा परीक्षक रहेका हरि शर्माले आफूले काठमाडौँमा भोगटेको भकुण्डो बनाएर खेलेको कथा र गणेश थापा संगसंगै भकुण्डो खेलेको बताउदै गणेश थापालाई गोली गट्टामा अरु खेलाडीले हानेको र थापा खेल नखेलेर गएको अविस्मरणीय घटना सुनाए। उनले यसपटक ब्राजिलले जित्ने ठोकुवा गरे।

दुई दशक भन्दा अगाडि पाताल छिरेका नायक सरोज खनालले कलाकारितामा प्रवेश गर्नुभन्दा अगाडि चितवनबाट टोलिमा खेलेको र भकुण्डो खेल सबै भन्दा राम्रो लाग्ने बताए। केहि समयपछि भकुण्डो खेलमा भएको एक अविस्मरणीय दुखत घटना सुनाउदै त्यहाँबाट भकुण्डो खेल्न छोडेको बताए। अभिनेता खनाल पनि ब्राजिलले लाने कुरामा आशाबादी छन्। आजको खेलमा ब्राजिलको राम्रो प्रदर्शन भएकोले यसरि नै गयो भने ब्राजिल निश्चित हुन्छ उनले भने।

एक महिनासम्म चल्ने खेलमा सबै हेर्न नसके पनि समय मिलाएर हेर्ने अधिकांशले बताए। नेपाल जस्तो राति उठेर हेर्नु नपर्ने र बत्तिको समस्या यहाँ नहुने हुनाले सबैले आफ्नो पक्ष खेल समूहको गन्जी किनेर लगाउने बताए। जे भए पनि ४ बर्षमा आउने भकुण्डो खेल हेर्न आफू तयार रहेको बताए।

यो पंक्तिकारले पनि २०१० को बिश्वकप अमेरिकामा र २००६ को ईटालीले जितेको त्रिशुलीमा खेल हेरेको र जौ मदिरा सेवन गर्दै हेर्ने सुरमा अन्तिम (फाईनल)खेलको मध्यान्तरमा नै नशाले गर्दा हेर्न नसकेको अविस्मरणीय घटना पाठक वर्गमा राख्दै अमेरिकामा रहेका नेपाली समुदायलाई पनि एक महिनासम्म बिश्व भकुण्डो प्रतियोगिताले ज्वरो फुटाउने निश्चित भएको छ।

विश्व कपको अपडेट तथा खेल तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

70
%d bloggers like this: