मोङ कोकमा आगलागी हुँदा नर्सको मृत्यु

एचकेनेपाल डट कम –

हङकङ, १० फेब्रुअरी। मोङ कोकमा शुक्रबार बिहान आगलागी हुँदा क्वीन एलिजाबेथ अस्पतालमा काम गर्ने एक महिला नर्सको मृत्यु भएको छ।

फोटोः एचके अन सीसी

स्थानीय मिडियाका अनुसार ९२७ क्यान्टन रोडस्थित फ्ल्याटमा बिहान २:५५ बजे आगलागी भएको थियो। आगो निभाउन दमकल विभागले करिब ५० जना अग्नि नियन्त्रकहरू, नौवटा दमकल र दुई एम्बुलेन्ससहित करिब एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिएको थियो।

३५ वर्षीया महिला घटनास्थलमा अचेत अवस्थामा फेला परेकी थिइन् र उनलाई उपचारका लागि क्वोङ वाह अस्पताल लगिएको थियो। पछि उनलाई बिहान ४.२५ बजे मृत घोषित गरिएको थियो।

ती महिला क्वीन एलिजाबेथ अस्पतालमा काम गर्ने नर्स थिइन्। उनका श्रीमान् पनि नर्स हुन् र उनीहरुका क्रमशः ३ वर्षकी छोरी र ५ वर्षका छोरा रहेको स्रोतले बताएको छ।

एक्सटर्नल चार्जरको सर्ट सर्किटका कारण आगलागी भएको अनुसन्धानकर्ताहरुले अनुमान गरेका छन्।





Comments

comments

67778