हङकङको उद्धार टोलीद्वारा टर्कीमा ३ जनाको जीवितै उद्धार

एचकेनेपाल डट कम –

हङकङ, १२ फेब्रुअरी। हङकङको खोज तथा उद्धार टोलीले टर्कीको भूकम्प प्रभावित क्षेत्रहरूबाट भूकम्प गएको ६ दिनपछि तीन जनालाई जीवितै सफलतापूर्वक उद्धार गरेको छ।

हङकङको टोलीले टर्कीमा तीन जनाको उद्धार गरिएको सुरक्षा ब्यूरोले जनाएको छ । तस्बिरः फेसबुक

७.८ म्याग्निच्युडको भूकम्प गएपछि उद्धार कार्यमा सहयोग गर्न ५९ सदस्यीय टोली फेब्रुअरी ८ मा टर्की गएको थियो।

खोजी तथा उद्धार कार्यका क्रममा टोलीले करिब ६ मिटरको भग्नावशेषमुनि फसेका तीनजनालाई शनिबार सफलतापूर्वक उद्धार गरेको हो।

“भूकम्प गएको ६ दिनपछि बाँचेका तीन जनालाई भेट्टाउन पाउँदा हामी निकै उत्साहित छौं। टोलीले हरेक अवसरलाई सदुपयोग गर्नेछ र बाँकी बाँचेकाहरूलाई खोज्न सक्दो प्रयास गर्नेछ,” खोज तथा उद्धार टोलीका कमाण्डर यिउ मेन-युङले भनेका छन्।

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी अहिलेसम्म २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

67833