हङकङ सरकारद्वारा जनतालाई ३ हजार डलर वितरण…

एचकेनेपाल डट कम –

हङकङ, २६ अप्रिल। हङकङ सरकारले आज (अप्रिल १६) देखि ३ हजार हङकङ डलर बराबरको इलेक्ट्रोनिक उपभोग भाउचर वितरण गरेको छ। यो ५ हजार डलरमध्ये वितरणको पहिलो चरणको हो।

सरकारले हङकङका जनतालाई इलेक्ट्रोनिक उपभोग भाउचर बाँडिरहंदा झण्डै ८० हजार जना अयोग्य घोषित भएका छन्। उनीहरु यो सुविधाबाट बञ्चित भएका छन्। विभिन्न कारणले हङकङ छोडेर अन्यत्र गएकाहरुले यो भाउचर नपाउंने भएका हुन्। उनीहरु स्थायीरुपमा हङकङ छोड्नको लागि अनिवार्य सञ्चय कोष फिर्ता लिएका आवेदकहरु रहेका छन्।

झण्डै ८० हजार जना यो सुविधाबाट बञ्चित भएपछि ४०० मिलियन हङकङ डलर सार्वजनिक कोष मा बचत हुने हङकङका एक शीर्ष वित्त अधिकारीले बताएका छन्।

सरकारले यस वर्ष करिब ६४ लाख जनतालाई उपभोग भाउचर वितरण गरिएको छ। जब कि २०२१ मा ६३ लाख जनतालाई वितरण गरिएको थियो।

हङकङ सरकारले विगत केही वर्षदेखि १८ वर्ष उमेर पुगेका हङकङका स्थायी बासिन्दाहरुलाई इलेक्ट्रोनिक उपभोग भाउचर वितरण गरिदै आएको छ। त्यस्तै, विभिन्न योजनाअन्तर्गत हङकङ आएका योग्य प्रतिभा, पेशेवर, उद्यमी र विद्यार्थीसमेतले १५ सय हङकङ डलर बराबरको भाउचर प्राप्त गर्नेछन्।

उपभोग भाउचर अक्टोपस, अलिपे, वीच्याट पे, ट्याप एण्ड गो, विओसी पेमार्फत चरणवद्ध प्राप्त गर्न सकिने छ।

थप जानकारीको लागिः The 2023 Consumption Voucher Scheme





Comments

comments

71366