Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

महिलाहरुमाथि अश्लिल हर्कत गरेका पूर्वकृषिमन्त्री अहिले के गर्दैछन्?

१५ भदौ। असार १५ गते धान दिवसका दिन गोठाटारमा महिलामाथि दुर्व्यवहार देखाएको भनी मिडियाबाट चौतर्फी विरोध भएपछि कृषि विकास मन्त्रीबाट राजीनामा दिएका हरिप्रसाद पराजुलीले नै अहिले पनि सो मन्त्रालय चलाउने गरेका छन्।

वामदेव गौतमले मन्त्री निवासका दुईवटा ब्लक लिएका छन्। ती दुईमध्ये एक व्लकमा बसेर पराजुलीले कृषि मन्त्रालय चलाउने गरेका छन्। कृषिका फाइलहरु हेर्ने, सरुवादेखि विभिन्न निर्णय पराजुलीले नै गर्ने र सदर मात्र उपप्रधानमन्त्री वामदेव गौतमले गर्दै आएका छन्।

पराजुलीले संकेत गरेपछि मात्रै पराजुलीले फाइल सदर गर्दैआएको बुझिएको छ। कृषिका विदेश भ्रमणका फाइलसमेत पराजुलीबाटै सदर हुने गरेका समाचार दृष्टि साप्ताहिकले छापेको छ। राजीनामा दिएपछि पनि कृषि मन्त्रालयका कर्मचारीहरु पराजुलीलाई नै वास्तविक मन्त्री भन्ने गर्छन्। वामदेव त सही गर्ने मन्त्री मात्रै हुन्।

पराजुलीले नै आफूलाई कृषिमन्त्री हुन नदिएको भनी वामदेवनिकट अर्का नेता बलराम बास्कोटा आक्रोसित छन्। बास्कोटालाई मन्त्री बनाए आफ्नो हैकम नचल्ने देखेर पराजुलीले छिर्के हानेपछि वामदेवले नै कृषि मन्त्रीको जिम्मेवारी लिएको बताइन्छ।

‘यस्तो थियो पराजुलीको अश्लिल हर्कतको भिडियो हेर्नुहोस्…





Comments

comments

Leave a Reply

7277