पक्राउ पुर्जी जारी भएको सुनेपछि हतारमै कार्यक्रम सकेर फर्किए रायमाझी

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी हुन एमाले सचिव एवं सासंद टोपबहादुर रायमाझी बुधबार करिब १२ बजे कार्यक्रममा पुगे । सभामुख देवराज घिमिरे पनि कार्यक्रममा आएका थिए।

अतिथि आसनग्रहण, विद्याललाई सहयोग गर्ने सहयोगी चन्दा दाताको नाम सार्वजनिक र विद्यालयको तर्फबाट स्वागत मन्तव्य अनि त्यहाँका कलासहितको झाकी प्रस्तुति गरेपछि रायमाझीलाई पक्राउ पुर्जी जारी भन्ने समाचार सार्वजनिक भयो । रायमाझीलाई कसैले पक्राउ पुर्जी जारी भएको सुनायो।

आयोजकले कार्यक्रमको सेड्युलविपरीत रायमाझीलाई र सभामुख घिमिरेलाई पहिला बोल्न दिने कुरा भयो । विद्यालयलाई ५० लाख सहयोग गर्ने चन्दा दाता स्व। रामलाल ज्ञवाली र स्व। नेत्रलालको सम्झनामा उनीहरूको परिवारका सदस्य श्रीमती कल्पना ज्ञवाली र छोरा विश्वमणि ज्ञवालीलाई सभामुख देवराज घिमिरे र रायमाझीको हालबाट प्रमाणपत्र प्रदान गरियो।

रायमाझीले करिब ८ मिनेट भाषण गरे । जिल्लाको बसाइँसराइ रोकथाम अबको एजेन्डा आफ्नो हुने बताए । सभामुख देवराज घिमिरेले कार्यक्रम सम्बोधन गरे र शैक्षिक सुधारका लागि सबै तह लाग्नुपर्ने विषयमा जोड दिए । सभामुखले पनि धेरै बोलेनन् । हतारहतार सभामुख घिमिरेसँगै रायमाझी सन्धिखर्क झरे । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ।





Comments

comments

72932