Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
पिपलसँगै ढल्यो मन पनि – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

पिपलसँगै ढल्यो मन पनि

पश्चिम चितवनको पटिहानी, धनौजी चोकको पिपलको रुख अब स्मृतिमा सीमित भएको छ। स्थानीय अपिल घिमिरेको आँगन छोएर अडिएको पिपलको रुख ढल निर्माण गर्ने क्रममा एक्साभेटरले उखालिँदा घिमिरेको मन पीडाले भतभती पोल्यो।

उनले त्यो रुख नकाट्न अनेक प्रयत्न गर्नुभयो तर जोगाउन सकेनन्। श्रद्धापूर्वक शिर निहुराउँदै उहाँले पिपलसँग अन्तिम पटक भने, “मलाई माफ गर्नू, मेरो एक्लो चित्कार कसैले सुनेनन् । तिमी रोएको कसले बुझिदिने ? मैले जोगाउन सकिनँ, दुवै हात जोडेर क्षमा माग्छु।”

वर्षौंदेखि छहारी दिँदै आएको पिपलको रुख मङ्गलबारदेखि स्थानीयको सम्झनामा मात्र रह्यो । वर्षौं अघिदेखि घरअघि ठडिएको पिपलसँग उहाँको परिवारको मात्र होइन, सिङ्गो समाजकै धार्मिक, सांस्कृतिक आस्थासँग जोडिएको थियो । उनका पितापुर्खाले कैयौँ सप्ताह र पुराण त्यही पिपल साक्षी राखेर लगाए । त्यसै पिपललाई साक्षी राखेर छोराछोरीको धार्मिक अनुष्ठान पूरा गरिएको थियो । गाउँका ज्येष्ठ नागरिक त्यही पिपलमुनि बसेर गफिन्थे । घिमिरेले सबै कुरा अब बिलाएको गुनासो गरे।

उखरमाउलो गर्मीमा छहारी प्रदान गरेर साथ दिने वरपिपल, समीलगायतका बिरुवा अब गाउँघरका चोकबाट क्रमशः कटान हुँदै गएका छन्। सहरीकरण र विकाससँगै ती रुख नासिने क्रम बढ्दो छ।

वनस्पतिविज्ञ रघुराम पराजुलीले अक्सिजनको मुख्य स्रोत मानिने पिपल अचेल घरबस्तीमा पाइन छाड्नु भाबी पुस्ताकै लागि चिन्ताको विषय रहेको बताए । “गर्मी छल्न छहारीको विकल्पमा विद्युतीय पङ्खा, एसी आदि प्रयोग बढेको छ,” उनले भने, “उतिबेला वरपिपल र समीको चौतारीमा बस्न पाउँदा रमाइलो हुन्थ्यो । सबैको जमघटको थलो नै चौतारी हुन्थ्यो । तर विकासका नाममा तिनै वरपिपल मासिँदै गए।”

गाउँघरमा रुख रोप्दा समृद्धि छाउने भएकाले तिनलाई भगवान्को प्रतीकका रूपमा पूजा गरिन्थ्यो । ती चौतारीमा यात्रुले ज्यानसँगै मन बिसाउने थलो हुन्थ्यो। यो समाचार गोरखापत्र दैनिकमा छ।





Comments

comments

76578