Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
अष्ट्रेलियाको संसदमै सिनेटरमाथि यौन आक्रमण – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

अष्ट्रेलियाको संसदमै सिनेटरमाथि यौन आक्रमण

सिड्नी, एक जना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन्।

बिहीबारको संसद् बैठकमा रुँदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूमाथि ‘यौन टिप्पणी’ भएको, भर्‍याङ्मा भाग्नै नसकिने परिस्थिति सिर्जना गरिएको केही ‘शक्तिशाली पुरुष’द्वारा ‘गलत नियतले छोइएको र प्रस्ताव’ गरिएको दाबी गरेकी छन्।

लिबरल पार्टीका सांसद डेभिड भानले आफूमाथि यौन दुर्व्यवहार गरेको पीडित थोर्पेको आरोप छ। डेभिडलाई उहाँको दलले निलम्बन गरेको छ। उहाँले आफूमाथि आधारहीन आरोप लगाइएको बताउनुभएको छ। आफूमाथि लगाइएको आरोपबाट आफू चकित भएको उहाँले उल्लेख गर्नुभएको छ।

जब आरोपहरू अष्ट्रेलियाको गम्भीर मानहानि कानुनबाट सुरक्षित थिए, थोरपेले भने कि भ्यानले यस मामिलामा वकिलहरूलाई संलग्न गराउनुभएको थियो र उहाँले संसदीय नियमहरू नेभिगेट गर्न आफ्नो मुद्दा पुनः दोहोर्‍याउनु परेको थियो।

आफूमाथि भएको यौन आक्रमणबारे बताउँदै पीडितले आफू सदनबाट बाहिरिने बेलामा सधैँ सर्वप्रथम सुस्तरी ढोकाबाट हेर्ने, भर्‍याङ र वरपर कोही पुरुष नभएको निर्क्योल गरेर मात्र हिँड्नुपर्ने परिस्थिति उत्पन्न भएकाले संसद् भवन नै महिलाका निम्ति असुरक्षित रहेको गुनासो गर्नुभयो । संसदबाट एक्लै बाहिरिन नसकिने उहाँको कथन थियो । आफूले भोग्नुपरेको दुर्व्यवहारको सिकार अन्य महिला सांसद पनि भएका तर उनीहरूले आफ्नो ‘करिअर’लाई महत्त्व दिएकाले त्यसलाई गौण राखेका उहाँले बताउनुभयो।

सन् २०२१ देखि अष्ट्रेलियाको राजनीति र संसद् यौन हमला र उत्पीडनका ‘हाइ प्रोफाइल’ काण्डबाट प्रभावित भएको छ । त्यसबेलाकी पूर्वराजनीतिक सहयोगी ब्रिटनी हिगिन्सले कञ्जरभेटिप पार्टीका एक जना कर्मचारीले अत्यधिक मदिरा पिएपछि क्याबिनेट मन्त्रीको संसदीय कार्यालयको सोफेमा बलात्कार गरेको आरोप लगाएकी थिइन्।

अष्ट्रेलियाको संसदमा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसाको सिकार भएका पुष्टि गरेको थियो । अनुसन्धानअनुसार हरेक तीन जनामध्ये एक जना यौन दुर्व्यवहार झेल्नु परेको थियो जसमा त्रिसट्ठी प्रतिशत महिला सांसद कुनै न कुनै रूपमा यौन हिंसाको सिकार भएका थिए।

रासस/एएफपी





Comments

comments

76659