Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

५४ यात्रुसहित बेपत्ता विमान दुर्घटनाग्रष्त अवस्थामा भेटियो

जकार्ता, ५४ जना यात्रुसहित आइतवार दिउंसोदेखि बेपत्ता इन्डोनेसियाली विमान दुर्घटनाग्रष्त अवस्थामा भेटिएको छ। इन्डोनेसियाली परिवहन मन्त्रालयका एक अधिकारी अनुसार विमान पापुआ जिल्लाको ओकतबेमा दुर्घटनाग्रष्त अवस्थामा भेटिएको हो।


फाईल फोटो

विमान जयपुराको सेन्टानी विमानस्थलबाट ओक्सिबिलतर्फ जाँदै गर्दा ग्रामीण पपुआ क्षेत्रको आकाशबाट हराएको थियो। जयपुरा पपुवा प्रान्तको राजधानी समेत हो।

राष्ट्रिय खोज तथा उद्धार एजेन्सीलाई उदृत गर्दै रोयटर्यसले जनाए अनुसार विमान पूर्वी पपुवा क्षेत्रमा पुगेपछि सम्पर्क विच्छेद भएको थियो। ट्रिगाना एयर सर्भिसको उक्त विमानमा ४४ जना बयस्क यात्रु, पाँच चालक दलका सदस्य र पाँच बालबालिकाहरु सवार थिए।

गत जुलाईमा पनि इन्डोनेसियन सेनाको जहाज देशको उत्तरी क्षेत्रमा दुर्घटना हुंदा एक सय जना मारिएका थिए।





Comments

comments

Leave a Reply

8019