अगष्ट २९ मा तीजको अवसरमा हुने विशेष कार्यक्रमको रौनक

बे एरिया, हिन्दु धर्मावलम्बी महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा बे एरियाका विभिन्न स्थानमा नेपाली समुदायको विभिन्न संघसंस्थाहरुले विशेष कार्यक्रमको आयोजना गरि भव्य रुपमा मनाउने भएका छन्।

हिन्दु धर्मावलम्बी महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा २९ अगष्ट शनिबार, २०१५ मा विशेष कार्यक्रम हुने भएको छ । आयोजकले २९ अगष्टको विशेष कार्यक्रमको मिति सुरक्षित राख्नका लागि सम्पूर्णलाई आह्वान समेत गरेको छ । विशेष कार्यक्रममा सहभागी भएर नाच्न र रमाउन आयोजकले आह्वान गरेको छ।

बेलुका ६ बजेदेखि ११ बजेसम्म २७०० साराटोगा स्टरिट, अल्मेडामा (2700 Saratoga Strect Alameda CA 94501) हुने कार्यक्रममा सहभागिताका लागि २० डलर तोकिएको छ । २० डलर तिरेपछि डिनर, स्न्याक्स, सफ्ट ड्रिंक्स र एक गिलास वाइन निःशुल्क प्राप्त गर्न सकिने आयोजकले जनाएको छ। यद्यपि १२ बर्ष मुनिका बालबालिका र ६५ बर्ष माथिका ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

रोहित क्षेत्री डिजे रहनु हुने कार्यक्रममा पवित्रा परियार अतिथि कलाकार रहनु हुने आयोजकले जनाएको छ । कलाकार परियारले हालसम्म दुई दर्जनभन्दा बढी गीतहरु गाईसक्नु भएको छ । उहाँले अहिले सम्म एक दर्जनभन्दा बढी गीति एल्बमहरु निकालिसक्नु भएको छ । उहाँ इस्ट कोस्टमा अत्यन्तै लोकप्रिय गायिका को रुपमा परिचित रहनु भएको छ । कार्यक्रममा अन्य स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार स्थानीय च्यानलले पनि उक्त कार्यक्रमको कभर गर्ने भएको छ।

उक्त कार्यक्रमबाट भएको नाफा रकम भूकम्प प्रभावित सिन्धुपाल्चोक जिल्लाका श्री क्षमादेवी उच्च मा. वि.”को पुनर्निर्माणमा लागि प्रदान गरिने पनि आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको पनि सहभागिता रहने भएको छ । यस्तै कार्यक्रममा सहभागी हरुलाई हिमालयन कजिन कन्कर्डले खानाको व्यवस्था गर्ने भएको छ । यस्तै अहिलेसम्म उक्त कार्यक्रमका लागि क्षत्री एण्ड एसोसिएट्सले ३००, बालकृष्ण आचार्यले २००, दिक्पाल केसीले २००, श्याम श्रेषठले १०० डलर चन्दा सहयोग गर्नुभएको छ । यस्तै कार्यक्रमका लागि सोनिया केसीले एक सय, संगीता गुरुङले एक सय, अंगीरा सुवेदीले एक सय, यज्ञ नेपालले ५० डलर सहयोग गर्नुभएको छ।

कार्यक्रमका लागि टंक क्षेत्री लगायत विभिन्न महानुभावनहरुले आर्थिक सहायता गर्नुभएको छ । कार्यक्रम का लागि समाजसेवी तथा व्यवसायी मनोज घिमिरेले आठ केस बियर सहयोग गर्नु हुने भएको छ । कार्यक्रम भव्यताका साथ सम्पन्न गर्नका लागि सहभागीहरुलाई सहयोग गरि दिन हुन आयोजक समितिकी संयोजक संगीता गुरुङले सबैलाई आह्वान समेत गर्नुभएको छ । साथै उक्त दिन जनै पूर्णिमा परेको हुनाले रक्षा बन्धन अर्थात डोरो बाँध्नका लागि ब्राम्हणको पनि व्यवस्था गरिएको समेत आयोजकले जनाएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

8061