Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिका आउंदैछौं, नाच्न र हाँस्न तयार हुनु होस्

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। अमेरिकाका २० भन्दा बढी राज्यहरुमा प्रदर्शनी हुने २०७२ तीज, दशैं तथा तिहार धमाका कार्यक्रमको लागि नेपालका प्रशिद्ध लोक गायक बद्रि पंगेनी नेपालका ख्यातिप्राप्त कलाकारहरुसंग अमेरिका आउने पक्का भएको छ।

नेपालबाट अमेरिका कुराकानी गर्दै बद्रि पंगेनीले भने नेपाली समुदाय तथा नेपाली भाषी भुटानी समुदायलाई नाच्नको लागि र हाँस्नको लागि तयार रहन संदेश दिएका छन्।

पंगेनीले भने सपनाको संसार अमेरिका जाने कलाकारको मात्र हैन सबैको ईक्षा हुन्छ। तीज,दशैँ तथा तिहारको कार्यक्रम लिएर आफू अमेरिका जान पाएकोमा हर्ष लागेको बताए।

अमेरिकामा आफ्नो पहिलो पटक भ्रमण हुने भएकोले आफू निकै उत्साहित भएको उनले बताए। अमेरिकामा लोक तथा दोहोरी गीत अत्यधिक मन पराउने नेपाली तथा भुटानी समुदाय भएकोले आफू कसरी र कस्तो गीत गाउने भन्ने तर्फ चिन्तित पनि भएको बताए। दर्शकको मन जित्ने र मन पराउने गीतको लागि आफू तयारमा रहेको बताए।

लोक गीतमा आफू र दोहोरी गीतमा आफू र शिला आलेको प्रस्तुतीले पिडुला फर्कने गरि पनि नचाउने छौ भने पेट मिची मिची हसाउन जितु नेपाल (मुन्द्रे )हुदै हुनु हुन्छ उनले भने।

कलाकारहरु अगस्त २७ तारिखमा अमेरिका आई पुग्ने भएका छन्। अगस्त २९ देखि नोभेम्बर १ तारिखसम्म अमेरिकाका विभिन्न राज्यहरुमा प्रस्तुति हुने भएको छ।

कार्यक्रमबाट संचित नाफा रकम तथा स्वैच्छिक सहयोग रकम नेपाल पुनर्निर्माण तथा भूकम्प पीडितलाई सहयोग गरिने आयोजकले बताएका छन्।





Comments

comments

Leave a Reply

8064