Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यसकारण मनाईन्छ नागपञ्चमी…

एचकेनेपाल डट कम संवाददाता-
२ भाद्र। आज देशभर हिन्दू परम्परा अनुसार घरका ढोकामा नागको चित्र टाँसी नागपञ्चमी पर्व मनाईंदैछ।

नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ।

यस दिन नागका अष्टकुल अर्थात अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको चित्रमा दूध, दही, अक्षता, फूल र दुबोले पूजा गरी दूध र लावाको नैवेद्य चढाउने गरिन्छ।

नागको चित्रलाई यसरी पूजा सहित घरको मूल ढोकामाथि टाँस्नाले घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको पनि डर नहुने धार्मिक मान्यता छ।

आज ललितपुर धापाखेलको नागदह, काठमाडौं नक्सालको नागपोखरी, पशुपतिलगायत ठाउँमा बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ। आजको दिनदेखि वर्षायाम समाप्त भै हिउँदयाम शुरु भएको मानिन्छ।





Comments

comments

Leave a Reply

8076