हलिउडको रेड कार्पेटमा हिड्न पाउनु अहोभाग्य हो: ऋचा घिमिरे

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा भएको फेस्टिबल अफ ग्लोबमा नायिका तथा निर्मात्री ऋचा घिमिरेलाई पशुपतिनाथको यात्रा सिद्राको व्यापार जस्तै भएको छ।

आफूले बनाएको र आफैले अभिनय गरेको तुलसी चलचित्र फेस्टिबल अफ ग्लोबमा महोत्सवमा प्रदर्शन गरिनुको साथै हलिउडको रातो गलैचामा हिड्ने मौका समेत पाएकोमा सौभाग्यशाली भएको बताएकी छिन्।

तीन दिनसम्म अहोरात्र महोत्सवमा ब्यस्त भै क्यालिफोर्नियाबाट बाल्टिमोर फर्किएकी छिन्। हलिउडमा हुने बिशाल कार्यक्रममा नेपाली कलाकार तथा नेपाली चलचित्रले सहभागी हुन् पाउनु नै गर्वको बिषय भएको उनले बताइन्।

नेपालमा पनि रातो गलैचा तथा निला गलैचामा हिड्ने अवसर पाएको थिएं तर सनफ्रान्सिस्को रातो गलैचामा अर्कै मज्जा हुने रहेछ उनले भनिन्।

नेपालीहरुको लागि यो पहिलो अवसर हो भन्दै विश्वका विभिन्न मुलुकबाट आएका कलाकारहरुको जमात देखेर समय काटेको थाहा नै भएन उनले भनिन्। आयोजकले ५ तारे अतिथि गृहमा हामीले बसाउनु र अत्यधिक विलासिताको गाडीमा लिमोजिनबाट ओहोरदोहोरसमेत गराई दिएको उनले बताईन्।

सानोमा रातो गलैचामा हिडेको देखेको तर आफू स्वयंले अस्कार तथा ग्रामी विश्वप्रसिद्ध पुरस्कारमा गएको जस्तो अनुभूति गर्न पाउदा ज्यादै हर्ष लागेको बताईन्। नेपाली कलाकारलाई यो ठूलो प्राप्ति हो भन्दै नेपाली कलाकारको प्रस्तुति, सहभागिता तथा सम्मानले ठूलो हौसला मिलेको बताईन्। उनका साथमा नायिका केकी अधिकारी, नन्दिता केसी तथा अन्य कलाकारहरु पनि रातो गलैचामा संगै हिडेको बताईन्।

नेपाली चलचित्र तथा कलाकारलाई अवसर मिलाई दिने प्रकाश थापालाई धन्यबाद दिन चाहेको बताईन्। अगष्ट ७ देखि १६ सम्म भएको महोत्सवमा ३० देशका २५० वटा फिल्म प्रदर्शन गरिएको थियो भने हलिउडका र बलिउडका प्रख्यात कलाकारहरुको उपस्थिति रहेको थियो।





Comments

comments

Leave a Reply

8084