कोलोराडोको लङमन्टमा स्थानीय सरकार तथा संस्थाकोहरूको सहयोगमा ‘नेपाली जात्रा’ सम्पन्न…

नातिबाबु भट्ट/ एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। नेपालीहरुको बाक्लो बसोवास रहेको कोलोराडोको लङमन्टमा स्थानीय सरकार तथा स्थानीय संघ संस्थाहरूको सहयोग तथा समन्वयमा नेपाली जात्रा कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय सुनन्दा डंगोलको नेतृत्व तथा कोलोराडोमा क्रियाशील नेवाःखल, नेप्लिज स्टूडेण्ट एसोसियसन, शेर्पा एसोसियसन कोलोराडो, तमूपे ल्हुलगायत बिभिन्न नेपाली संघ संस्थाहरुको बिशेष प्रस्तुतीमा आइतबार दिउसो १ बजे देखि ४ बजेसम्म लङमन्ट म्यूजियम तथा कल्चर सेन्टरमा जात्रा सम्पन्न भएको हो।

लङमन्ट सिटीका मेयर जोन पेकले कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तब्य दिएपछि जात्रा सुरु गरिएको थियो। जात्रामा लाखे, कुमारी, धीमेबाजा, बसन्त धुन, मालसीरी धुन जस्ता धुनहरु, कौडा नाच, तामाङ सेलो, बिभिन्न नेपाली गीतसंगीतमा बाल बालिका र युवा युवतीले सुन्दर नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी, बिभिन्न जातजातीको पहिरहनमा फेसन सो, बिभिन्न कलाकारहरुबाट गीत गाउने , नेपाली चाड तिहारबारे विस्तृत जानाकारी र अन्य बिभिन्न समुदायबाट आ–आफ्नो पहिचाहन झल्कने सांस्कतिक कार्यक्रमहरू प्रर्दशन गरिएको थियो।

यहाँका स्थानीय अमेरीकी समुदायका मानिस तथा स्थानीय सरकारलाई लक्षित गरी कार्यक्रम तयार परिएको थियो। जसमा हामी को हौं, कहांबाट आयौ, हाम्रा सांस्कृतिक चाल चलन के कस्ता छन् भन्ने जानाकारी गराउन कार्यक्रम आयोजाना गरिएको थियो। सबै दर्शकहरुलाई निशुल्क प्रवेश भएकोले कार्यक्रमको हल खचाखच भरिएको थियो । जसबाट हाम्रो परीचयसंगै थोरै भएपनि नेपाली भाषा संस्कृतिको संरक्षण तथा पहिचाहनमा टेवा पुगेको सुनन्दा डंगाले बताएकी छिन्।

कार्यक्रममा बाल बालिका तथा युवा युवतीहरुको बाक्लो उपस्थिति रहेको थियो । यसरी यहीं जन्मे हुर्केका यहाँको सहन सहनमा भिजेकाहरुले नेपाली भाषा संस्कृतिको पहिचाहन गराउन सक्रियतापूर्वक अगाडि सर्नु नै कार्यक्रमको महत्वपूर्ण पक्ष हो। यहां रहेका अधिकांश संघ संस्थाले धेरै अगाडिदेखि उठाउदै आएको पुस्तान्तरण मुद्दा यसरी नै बाल बालिका तथा युवा युवतीहरुलाई सक्रिय रुपमा सहभागिता गराएमा केही हदसम्म समाधान हुने देखिन्छ। कार्यक्रम निशा पाठकले कुशलतापूर्वक संचालन गरेकी थिईन्।

स्थानीय आदिवासी धेरै कम भएको अमेरीकामा संसार भरीका मानिसहरुको बसोबास रहेको छ। बिभिन्न देशका मानिसहरु आउंदा उनीहरुको भाषा संस्कृतिसंगै आएको हुन्छ । त्यस्ता भाषा संस्कृतिको जगेर्ना गर्न यहाँका हरेक सिटीले कार्यक्रम बनाएको हुन्छ। त्यस्ता कार्यक्रमहरु सिटीसंग समन्वय गरी उनीहरुका माझ यस्तै कार्यक्रम देखाउदै जान सकेमात्र हाम्रो पहिचाहन गराउन सकिन्छ।

लङमन्टमा गत बर्षदेखि यस्तो किसिमको नेपाली जात्रा कार्यक्रम आयोजना गर्न थालिएको हो।





Comments

comments

81494