चीनको जिलिनमा भीषण वर्षा : एकको मृत्यु, चार बेपत्ता

चाङ्चुन, चीनको उत्तरपूर्वी जिलिन प्रान्तको शुलान सहरमा भारी वर्षाका कारण एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन्।

फाइल फोटो

बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार शुलानमा करिब एक लाख ३४ हजार मानिस वर्षाका कारण प्रभावित भएका छन् भने १४ हजार तीन सयभन्दा बढी विस्थापित भएका छन्।

शुलानमा मङ्गलबार रातिदेखि लगातार वर्षा भइरहेको छ। दिउँसो ३ बजेसम्म शुक्रबार औसत वर्षा १११.७ मिलिमिटर पुगेको थियो।

रासस/सिन्ह्वा

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

81780