रिटर्नी सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम भेला सम्पन्न

रमेश खावाजु –

रिटर्नी सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम भेला राजेन्द्र सिंह बिष्टको संयोजकत्वमा धनगढीमा सम्पन्न भएको छ।

पार्टीको स्थायी समिति सदस्य एबं सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टको प्रमुख आतिथ्यमा भएको भेला कार्यक्रममा १९ जनाको प्रदेश कमिटी गठन गरेका छन्। नेता खगराज भट्टले रिटर्नी सेन्टर नेपालको उद्देश्य अनुसार राम्रो काम गरेर नमूनाको भातृसंगठन बनाउनुपर्ने र यसको लागि पार्टी तथा आफूले सहयोग गर्ने बताए।

त्यस्तै कार्यक्रमका विशिष्ट अथिति , रिटर्नी सेन्टर नेपालका केन्द्रिय सह-संयोजक तथा बाग्मती प्रदेशका इन्चार्ज हेमन्त पौड्यालले रिटर्नी सेन्टर नेपाल उत्पादनसित जोड्ने उदेश्यले गठन गरेको , रिटर्नीहरु सामूहिक रुपमा मिलेर साना , मझौला तथा ठूला उद्योग खोल्दै बेरोजगारहरुलाई रोजगार दिनुपर्ने बताए। उनले आफ्नो क्षेत्रमा तीव्र रुपमा संगठनको बिस्तार गर्ने बताए।

करिब ८० जनाभन्दा बढी रिटर्नीहरु भेला भएको सो कार्यकममा विशिष्ट अथिति ,रिटर्नी सेन्टर नेपालका केन्द्रिय सह-संयोजक एवं सुदूरपश्चिम इन्चार्ज अस्मित सिंहले रिटर्नी सेन्टर नेपालको योजना तथा लक्ष्य अनुसार बेरोजगारी हटाउनको लागि उद्यमशीलताको विकास गरी रोजगारीको सृजना गर्नको लागि प्रयास गरिने बताए। केन्द्रिय सह-संयोजक सिंहले पार्टीको २४ औं भातृसंगठन रिटर्नी सेन्टर नेपाल अरु २३ औं भातृसंगठनभन्दा फरक किसिमले काम गर्ने तथा पार्टीको मार्गनिर्देशन अनुसार हिडी संगठनको तीव्र विस्तार पनि गर्ने बताए। त्यस्तै कार्यक्रमका सभापति तथा रिटर्नी सेन्टर नेपालका प्रदेश संयोजक राजेन्द्र सिंह बिष्टले रिटर्नी साथीहरु मिलेर उत्पादनशील क्षेत्रमा जोड दिई आत्मनिर्भर बनाउने कार्यमा आफूले प्रयास गर्ने तथा संगठन बिस्तारमा लाग्ने बताए।

कार्यक्रममा अथितिहरु पार्टी केन्द्रीय सदस्य भरत धानुक ,पार्टी प्रदेश सचिब एवं संबिधान सभा सदस्य जनक बुढा ,पार्टी कार्यालय सचिब उद्धब भट्टराई,रिटर्नी सेन्टरका नेपाल केन्द्रिय सचिवालय सदस्य बालकृष्ण मरासिनी तथा पार्टी प्रदेश समिति सदस्य सुरेन्द्र देवकरले आआफ्नो मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न जिल्लाका इन्चार्ज ,संयोजकहरु तथा आयोजक कमिटिका साथीहरुको उपस्थिति रहेका थिए। भेला कार्यक्रमको संचालन शमसेर मल्ल तथा स्वागत मन्तब्य रिटर्नी सेन्टर नेपालका केन्द्रीय सदस्य डम्बर जोशीले दिएका थिए।





Comments

comments

82593