Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

डिसीमा तीज यसरी हर्सोउल्लास मनाईयो

विजय थापा / एचकेनेपाल डट कम-
वाशिंगटन डिसी। हिन्दू महिला दिदीबहिनीहरुको महत्वपूर्ण चाड ”हरितालिका तीज” अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनाससमा अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा भब्यताको साथ सम्पन्न भएको छ।

स्थापना कालदेखि नै चेलीबेटीलाई दर खुवाउने र नेपाल छोडी परदेशमा रहेका दिदीबहिनिहरुलाई माइती कै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउदै आएको यस पटकको तीज ऐतिहासिक बन्न पुगेको छ।

बिगत बर्षभन्दा यस पटक निकै घुईचो लागेकोले नाचगानको लागि कार्यक्रममा राखिएका कुर्सिहरु समेत हटाउनु परेको थियो। खचाखच भिड भएकोले एकै चोटी नाचगान गर्न हम्मे हम्मे परेको हुनाले पालो गरी समूह समूहमा तीजका गीतमा नाचगानमा सहभागिता गराईएको थियो।

कार्यक्रममा बच्चा,बृद्ध ,पुरुष तथा आमन्त्रित पाहुनाहरुको भब्य उपस्थिति रहेको थियो भने दिदीबहिनीहरुले हर्ष लागेको र मनोरंजन भएको बताउदै नाच गानमा खूब रमाएर भाग लिएका देखिन्थे। दिदीबहिनी तथा चेलीबेटीहरुलाई मिठामिठा खाने कुरा प्रदान गरेर दर खुवाईएको थियो।

संस्थाका संरक्षक मधु पन्थीले यो चाडलाई निरन्तरता दिने जानकारी गराउदै डिसी महानगर क्षेत्रबाट संस्थाको कार्यक्रममा व्यापक सहभागिता जनाई दिएकोमा समाजलाई धन्यबाद दिएका छन्। कार्यक्रममा भिड भएकोले मनोरंजन गर्न आउने चेली बेटीले बाहिर पनि बस्नु पर्ने अवस्था सिर्जना भएकोले आएका सबै अट्ने खालको संस्थाको एक आफ्नै सामुदायिक भवन बनाउने तर्फ सोची रहेको बताए।





Comments

comments

Leave a Reply

8381