कोलोराडोमा इन्द्रजात्रा भब्य रुपमा सम्पन्न

नातीबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो अमेरीका। बर्षा र सहकालका देवता इन्द्रको सम्झनामा बिभिन्न पुजा गरेर मनाइने इन्द्रजात्रा कोलोराडोमा भब्य रूपमा मनाइएको छ।

कोलोराडो नेवाः खलःको आयोजनामा यहा स्थित नेपाली सांस्कृतिक केन्द्र भवनमा अक्टोबर १ तारिक आइतबार इन्द्रजात्रा मनाइएको हो।

जात्रा गणेश, कुमारी, अकाश भैरवको विधी पूर्वक पूजा अर्चना गरेर शुरू गरिएको थियो । तिन जीवित देवी देवताहरूलाई स्वागत द्वार हुँदै दाफा खिं बाजा र बॉंसुरी बजाएर मञ्चमा आसिन गराइएको थियो । त्यसपछि पुलुकिसि, लाखे नाच, धिमे बाजा, धिमे नाच, हाथु हायेकेगु कार्यक्रमहरू क्रमश प्रस्तुत गरिएको थियो । त्यसैगरी अकाश भैरव अगाडी समयबजी सजाइएको नेवाः खलःका अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन्।

नेवाः खलःका जनसंम्पर्क अधिकृत बिनिसा श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै जात्राको महत्वबारे प्रकास पारेकी थिइन । इन्द्रजात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन सुरू भई मंगल चौथी सम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी सम्पन्न गरिन्छ। आफ्नी आमा वसुन्धराको व्रत निम्ति स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा उनलाई चोर भनी डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनको संझनामा इन्द्रजात्रा मनाउने गरिन्छ।

बिगत १ दशकदेखि मनाउँदै आएको येंयाःलाई भव्य रूपमा सम्पन्न गर्न खलःका महासचिव सञ्जय शाक्यको संयोजकत्वमा समेबजि तयारी समूह, खलःका सॉंस्कृतिक सचिव सुरेन्द्र महर्जनको संयोजकत्वमा सॉंस्कृतिक समुह, रमीता तुलाधर संयोजनमा नेवाः मयजुहरूको समूह मिसा पुच स्वयंसेविक/स्वयंसेविकाहरूको समुह, त्यस्तै समेबजि बितरणमा भुवन श्रेष्ठले संयोजन गरेका थिए भने स्टल व्यवस्थापन अनिल बज्राचार्यले संहालेका थिए।

कार्यक्रममा सहभागी हुन स्थानीय संघ संस्थाका प्रतिनिधी, समाजसेवी, गन्यमान्य, बुद्दीजिवीहरू फ्लोरिडा स्टेट, फोर्ट कोलिन्स, कोलोराडो स्प्रिङ, डेन्भर, अरोरा, लङमन्ट, नर्थ ग्लेन, बोल्डर, सेन्टेनियल, लिटिल्टन, ग्रिन भिल्ले, लगायत विभिन्न शहरबाट करिब ५ सय जना सहभागी भएको अध्यक्ष श्रेष्ठले बताएका छन्।

त्यसैगरी नेवाः खलःका महासचिव संजय शाक्यले समयबजी उपलब्ध गराउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका छन् भने, नेवाः खलःका कार्यवाहक अध्यक्ष मनोजकाजी तुलाधरले कार्यक्रम सफलपार्न अहोरात्र खट्ने संस्थाका पदाधिकारी तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका छन्।





Comments

comments

86270