क्वारी बेमा गुड्दै गरेको डबल डेकर बसमा आगलागी…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ५ डिसेम्बर। क्वारी बेको किंग्स रोडमा मंगलबार एक डबल डेकर बसमा आगलागी भएको छ।

डबल डेकर सिटीबस रुट ८२ को बस पान होई स्ट्रीट नजिकैको किङ्स रोडबाट सिउ साई वानतर्फ जाँदै गर्दा बस पछाडीबाट धुवाँ निस्किएको थियो।

बसमा आगोसंगै विस्फोटको आवाज सुनिएको थियो। बसका चालकले १२ जना यात्रुलाई बाहिर निकालेका थिए। अग्निनियन्त्रकहरूले करिब २० मिनेटमा आगो निभाएका थिए। स्थानीय मिडियाका अनुसार आगलागीबाट कोही पनि यात्रु घाइते नभएको जनाएका छन्।

प्रारम्भिक अनुसन्धानका अनुसार इन्जिन बढी तातो भएर आगलागी भएको अनुमान गरिएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

93012