Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पेरिसमा अातंककारी अाक्रमण, कम्तिमा १५८ को मृत्यु

पेरिस, आतंककारीले पेरिसको केही ठाउं र एक कन्सर्ट हलमा अन्धाधुन्ध गोलाबारी तथा बम आक्रमण गर्दा कम्तीमा १५८ जनाको मृत्यु भएको छ।

फ्रान्सको राजधानी पेरिसस्थित बाटाक्लन थियटर हलभित्र अातंककारीहरुले दर्शकलाई बन्धक बनाएर अन्धाधुन्ध गोली चलाउंदा यतिका ठूलो संख्यामा मारिएको न्युज एजेन्सीहरुले जनाइएको छ।

प्रहरीले ८ जना आतंककारी मारिएको जनाइएको छ। घटनापछि ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। प्रहरीले कन्सर्ट हललाई घेरा हालेको छ।

यसअघि पनि एउटा रेष्टुरेण्ट नजिकै गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको थियो। पेरिसका केही ठाउंहरुमा ऋंखलाबद्ध बम धमाका तथा गोलीबारी चलेपछि त्यहाँका जनता थप आतंकित बनेका छन्।

पेरिसका मेयरले सबैलाई घरभित्र सुरक्षित रहन आग्रह गरेका छन् भने राष्ट्रपति फ्रान्स्वा ओलान्दले देशमा संकटकाल लागु गर्दै सबै सीमानाकाहरु बन्द गरिएको घोषणा गरेका छन्।





Comments

comments

Leave a Reply

9555