सांस्कृतिक कार्यक्रमकासंगै कोलोराडोमा तमु ल्होसार सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। तमु ल्होसार कोलोराडोमा बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ नयांबर्षको शुभकामना आदान प्रदान गर्दै सम्पन्न भयो।

तमु धी कोलोराडोको आयोजनामा यहां निवासी तमु समुदायले आफ्नो संस्कृति परंपरा अनुसार बिरालो बर्गलाई बिदा गरी गीद्ध बर्गलाई स्वागत गर्दै सोमबार ल्होसार मनाएका हुन्।

तमु धी कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङको अध्यक्षतामा बोल्डर नगरमा संम्पन्न कार्यक्रम, ८८ बर्षीय बयोबृद्ध दुजमयां गुरुङद्धारा पानसमा बत्ती बालेर उद्धाटन गरिएको थियो । कार्यक्रमको सुरुमा नेपाली , अमेरिकी र गुरुङ राष्ट्रिय गान गाईएको थियो। कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसायी, पत्रकार तथा नेपाली भाषी बा आमा, दाजुभाइ दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई खादा लगाई दिई सम्मान गरिएको थियो।

तमु धीका उपाध्यक्ष भुवन गुरूङ र सरीता गुरूङद्वारा संयुक्त रूपमा संचालित कार्यक्रमा संस्थाका अध्यक्ष चन्द्रबहादुर गुरूङले उपस्थित सबैलाई स्वागत गर्दै यसको महत्व र आवश्यकताबारे प्रकाश पारेका थिए । हाम्रो भाषा संस्कृति हराए हाम्रो पहिचान नै हराउने छ भन्दै यसलाई आफ्नो सन्ततिमा जस्ताको तस्तै हस्तान्तरण गर्ने वातावरण सृजना गर्न सबैलाई अनुरेध गरे । स्थानीय समुदायलाई तमु संस्कृतिको पहिचान गराउनुको साथै तमु संस्कृति जोगाई राख्न कार्यक्रम आयोजना गरिएको उनले बताए।

कार्यक्रमको दाश्रो चरणमा गतबर्षदेखि कोलोराडोमा शुरू गरिएको गुरूङ भाषा कक्षाका बालबालिकाहरूले कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरूले आफ्नो परिचय गुरूङ भाषाबाट दिदैं बिभिन्न सांगीतिक कार्यक्रमसमेत प्रदर्शन गरेका थिए । सोही अवसरमा गत बर्षदेखि निशुल्क गुरूङ भाषा सिकाउदै आएका सिक्षक शंकर गुरूङलाई सम्मान गरिएको थियो

कार्यक्रममा कलाकारहरूले गुरुङ, नेपाली र अंग्रजी भाषाका गीत गाएर, दुई छुट्टा छुट्टै लाइभ ब्याण्ड Kathmandu Rocks र Besurey Rocks द्धारा सांगीतिक प्रस्तुती गरेर, कौडा नृत्य लगायतका बिभिन्न कलाकारहरुको गीतमा स्थानीय कलाकारहरुले कुशल नृत्य प्रस्तुत गरेर सहभागी दर्शकहरुको मन जितेका थिए । कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु आफ्नै सांस्कृतिक पहिरनमा सझिएर आएका थिए।

नेपालमा मूलतः ३ किसिमको ल्होसार मनाउने गरिन्छ । गुरुङहरुले तोला , तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसारको नाममा मनाउने चलन छ । उनीहरुले यस बर्ष बिरालो बर्गलाई बिदाई गर्दै गीद्द बर्गलाई स्वागत गरेका छन्। ल्होसारमा परम्परा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुख, दोखलाको ग्रह दशा शान्ति गराउछन् र भोलि पल्ट नयां दिनको झुल्के घामसंगै नयां बर्षको स्वागत गर्दछन् । उनीहरु आ–आफ्नो समुदायका गन्यमान्यको घर घरमा गएर आर्शिवाद लिने गर्दछन्।

कोलोराडोमा गत डिसेम्बर ३१ तारिख शनिबार सांझ पनि गुरूङ समुदायको अर्को संस्था तमु प्ये ल्हुले बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ ल्होसार सम्पन्न गरेको थियो।





Comments

comments

98254