Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तीन नेता बाबुरामलाई छाडेर फेरि एमाअोवादीमै फर्किए

कात्तिक दोस्रो साता एमाओवादी केन्द्रीय समिति परित्याग गरेका तीन नेता आत्मालोचना गर्दै पार्टीमा फर्केका छन्।

असोज ९ गते पार्टी परित्याग गरेका वरिष्ठ नेता बाबुराम भट्टराईले थालेको नयाँ शक्ति अभियानमा सहभागी हुने भन्दै पार्टी त्यागेका उनीहरु फेरि फर्केका कान्तिपुर दैनिकमा खबर छ।

बिहीबार केन्द्रीय समिति बैठकमा सहभागी हुँदै पोलिटब्युरो सदस्य शशी शेरचन स्वनाम साथी, घनश्याम यादव र उपेन्द्र साहले महासचिव कृष्णबहादुर महरालाई आत्मालोचना पत्र बुझाएका हुन्।

उनीहरुसहित २१ केन्द्रीय सदस्यलगायत ४५ नेता एमाओवादी परित्याग गरेका थिए। ‘भट्टराईले नयाँ शक्ति निर्माण क्रममा मार्क्सवाद छाडेको बताएकाले’ आफूहरु फर्केको उनीहरुको प्रष्टिकरण छ।





Comments

comments

Leave a Reply

9885