Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मिस पोखराको प्रशिक्षण राउन्ड शुरु, ग्राण्ड फिनाले पुस १५ गते

मेन खबर / एचकेनेपाल डट कम –
पोखरा, १८ मंसिर । मिस पोखराको पछिल्लो संस्करणको प्रशिक्षण राउन्ड शुरु भएको छ। तीन वटा अडिसनबाट छानिएर आएका १७ जना युवतीहरु यतिबेला प्रशिक्षणमा सहभागी भैरहेका छन्। मिस पोखराको आयोजक संस्था पोखरा जेसिजले सहभागी युवतीहरुका लागि नेतृत्व र व्यक्तित्व विकासको बारेमा प्रशिक्षण दिईराखेको जनाएको छ।

यो पटक मिस पोखराको ईभेन्ट म्यानेजमेन्टको जिम्मा ईभेन्ट कम्पनी ‘ईभेन्ट्स फर यू’ले लिएको छ। ‘व्यवस्थापनको हिसाबले हामीले मिस पोखराको यो सँस्करणलाई निकै उत्कृष्ट तवरले अगाडि बढाईराखेका छौँ ।’ ईभेन्ट्स फर यूका अध्यक्ष विशाल गुरुङले भने–‘मिस पोखराको उचाईलाई अझै गरिमामय बनाउने कुरामा हामी दृढ छौँ।’

प्रतियोगीहरुलाई अहिलेसम्म नेपाल जेसिजका पुर्व अध्यक्ष तथा जेसिज ईन्टरनेशनलका उपाध्यक्ष राजु खत्री, पोखरा जेसिजका अध्यक्ष सल्लाहकार दिपेन्द्र पहारी, संचारकर्मी विमला भण्डारी र ईभेन्ट्स फर यूका सुशिल नेपालीले व्यक्तित्व, नेतृत्व विकास सँगै बोल्ने शैलीको बारेमा प्रशिक्षण दिईसकेका छन् । प्रशिक्षणमा सहभागी युवतीहरुलाई अन्य विभिन्न खाले प्रशिक्षण पनि दिईने आयोजकले बताएको छ।

यस्तै आयोजक पोखरा जेसिज र ईभेन्ट कम्पनी ‘ईभेन्ट्स फर यू’ले मिस पोखरामा सहभागी हुन चाहने यूवतीहरुका लागि अझै तीनवटा स्थान खाली राखेको समेत जनाएको छ । ‘मिस पोखराको अडिसन राउण्ड थोरै भएको र समय छोटो भएको भन्दै गुनासो आएपछि हामीले तीन जना युवतीहरुको लागि स्थान बनाएका हौँ ।’ ईभेन्ट व्यवस्थापक सुशिल नेपालीले भने–‘ईच्छुक र प्रतिभावान युवतीहरुले सम्पर्क गर्न सक्नुहुनेछ।’

आयोजकले यसअगाडि पुस तीन गते प्रतियोगिताको ग्राण्ड फिनाले गर्ने गरि ईभेन्टलाई अगाडि बढाएपनि अप्ठ्यारो परिस्थितीका कारण पुस १५ गते ग्राण्ड फिनाले सारेको छ । ‘देश नै अप्ठ्यारो परिस्थितीबाट गुज्रनुपरेको वर्तमान अवस्थामा हामीले पनि प्रतियोगिताको ग्राण्ड फिनाले सार्न बाध्य भयौँ ।’ पोखरा जेसिजले भनेको छ–‘यद्यपी प्रतियोगितालाई सुन्दर तरिकाले अगाडि बढाउन हामीले कुनै कसर भने बाँकी राख्दैनौँ।’

मिस पोखराको सातौँ सँस्करणको विजेताले पुरस्कार स्वरुप पचास हजार नगद, एउटा स्कुटर र गोल्डेन क्राउन प्राप्त गर्नेछिन् । पोखराको हकमा सुन्दरी प्रतियोगिताको विजेतालाई गोल्डेन क्राउन पहिराउन लागिएको यो पहिलो पटक हो । त्यस्तै प्रतियोगिताको फस्ट रनर अपले ३० हजार रुपैयाँ र सेकेन्ड रनरअपले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मिस पोखराको विजेताले विभिन्न खाले अवसरसँगै सोझै मिस नेपालमा सहभागिता समेत जनाउन पाउनेछिन्।

मिस पोखराको सातौँ सँस्करणको लागि २३ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ। ईभेन्टबाट करिब २७ लाख रुपैयाँ आम्दानी गर्ने उसले लक्ष्य लिएको छ।





Comments

comments

Leave a Reply

9898