होटलको स्वीटरुममा बसेर मन्त्रीलाई नै हटाउने धम्की?

काठमाडौं – ललितपुरको हिमालय होटलको स्वीटमा सामान्य नेपाली नागरिक बस्न सक्लान्। नाकाबन्दीको मारमा परेको विद्यमान अवस्थामा त सामान्य नागरिकले त त्यो कल्पना समेत गर्न सक्दैन।

तर नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का हिमालय होटलको स्वीटमा बसेर मलाई कसैले केही गर्न नसक्ने भन्दै वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन, वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायलाई नै हटाइदिने धम्की दिने गरेका छन्।

तत्कालीन वाणिज्य मन्त्री सुनिलबहादुर थापामार्फत आयल निगमको प्रमुख हुन पुगेका खड्का यसअघि सडक विभागको महानिर्देशक थिए। विभागमा हुँदा काठमाडौं उपत्यकाको सडक विस्तारका क्रममा करोडौं कमाएको आरोप लागे पनि अख्तियार दाहिना भएपछि केही नलाग्दो रहेछ । अख्तियार प्रम्ुख लोकमान सिंह कार्कीको आफन्त भएकै नाम बिकाएर खड्काले सडक विभागबाट कुम्ल्याएको करोडौं रकम मध्ये रु.४ करोड राप्रपा संसदीय दलका नेता दीपक बोहरालाई बुझाएर आयल निगमको प्रमुख बन्न भ्याएका थिए।

मुलुक भारतको नाकाबन्दीका कारण तवाही भएको छ। इन्धन आयात हुन नसक्दा जनजीवन नराम्ररी प्रभावित भएको छ। वीरगञ्ज नाका ठप्पप्रायः छ। अन्य नाकाबाट आएको इन्धन पनि समानुपातिक तवरले वितरण हुनसकेको छैन। तर निगमका प्रमुख खड्का हिमालयन होटलमा मलाई यो मुलुकमा कोही कसैले केही गर्न नसक्ने भन्दै गफ दिएर बस्ने गरेका छन्। खबर आजको जनआह्वान साप्ताहिकमा छ।





Comments

comments

Leave a Reply

9896