‘हामी उठ्ने छौं’ हङकङको कार्यक्रमबाट २० लाख बचत

एचकेनेपाल डट कम सम्वाददाता –
हङकङ, भूकम्पपीडित सहयोगार्थ हङकङमा गत अक्टोबर १ तारिख आयोजना गरिएको ‘हामी उठ्ने छौं’ (वि विल राईज) बृहत साँस्कृतिक कार्यक्रमबाट सबै खर्च कटाएर २० लाख रुपैयाँ बचत भएको छ।

हङकङ नेप्लिज तेक्वादो एसोसिएसनका महासचिव महेश राईले संकलित २० लाख रुपैयाँ ‘वि विल राईज फाउण्डेसन’ लाई हस्तान्तरण गरिने जनाएका छन्। पहिलो चरणमा उठेको कुल ४५ लाख रुपैयाँ मध्ये १० लाख समेत तेक्वान्दो एसोसियसनको एक्लो सहयोगमा संकलन भएको थियो।

‘हामी उठ्ने छौं’ कार्यक्रमका लागि नेपालका चर्चित कलाकारहरु राजेश हमाल, करिश्मा मानन्धर, सुष्मा कार्की, कोमल वली, सरोज खनाल, दिनेश डिसी, सरिता गिरी, मेनुका प्रधान, विनय श्रेष्ठ, कमल राई, नयाँ प्रतिभा पूजा राना मगरसहित सञ्चारकर्मीहरु भुषण दाहाल विकाश रौनियारलगायत हङकङ आएका थिए।

प्रेस विज्ञप्ति
‘हामी उठ्ने छौं’ संसारभरिका नेपालीबीच भावनात्मक सम्बन्ध निर्माणको पवित्र उद्देश्यसहित सुरुवात भएको थियो। महाभूकम्पलगत्तै हङकङ, मकाउ र चीनमा बसोबासरत समुदायको सहयोगमा यो अभियानले पाइला सारेको हो। यसको प्रारम्भमा ४५ लाख रुपैयँाको लागतमा सिन्धुपाल्चोकको कर्थली ७, पोखरेमा ४० दलितका लागि अस्थायी आवास र बाल उद्यान निर्माण गरिएको छ। भूकम्पले क्षतिग्रस्त श्री इश्वरीमाला प्राथमिक विद्यालयको पुनः निर्माण कार्य हालै सम्पन्न भएको छ। सोही विद्यालयमा छात्रवृत्ति कोष समेत स्थापना गरिएको छ। मृतकका परिवारलाई राहतको व्यवस्था समेत गरिए।

यसै अभियान अर्न्तर्गत गत अक्टुबर १ मा हङकङस्थित युङ लङ थिएटरमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। मुलुकका लब्ध प्रतिष्ठित कलाकर्मीहरुको उपस्थिती बीच आयोजित उक्त कार्यक्रमको उद्देश्य मनोरंजन मात्र थिएन। विदेशमा रहेका नेपालीहरू बीच आपसमा र देशसँग सुमधुर सम्बन्ध कायम राख्दै राष्ट्र निर्माणका लागि प्रेरित गर्ने प्रयास भएको थियो। हङकङ नेप्लिज तेक्वादो एसोसिएसनको आयोजनामा भएको उक्त कार्यक्रममा सम्पूर्ण खर्च कटाई २० लाख रुपैयँा बचत भएको तपाईहरुलाई जानकारी गराउँछौं । एसोसिएसनले उक्त सम्पूर्ण रकम ‘वि विल राईज फाउण्डेसन’ लाई हस्तान्तरण गर्नेछ। पहिलोचरणमा उठेको कुल ४५ रुपैयँा लाख रुपैयँा मध्येको १० लाख समेत तेक्वान्दो एसोसियसनको एक्लो सहयोग थियो यहँाहरुलाई विदितै होला अभियानका रुपमा सुरु भएको ‘हामी उठ्ने छौं’ केही समय अघि मात्र नेपाल सरकारको विद्यमान कानुन बमोजिम ‘वि विल राईज फाउण्डेसन’ का रुपमा विधिवत दर्ता भएको छ।

तेक्वान्दो एसोसिएसनले आगामी दिनमा समेत विशुद्ध सामाजिक कार्यका निम्ति फाउण्डेसनसँगको सहकार्यलाई निरन्तरता दिनेछ। ‘हामी उठ्ने छौं’ कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनु हुने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउनेमा विश्वस्त छौं।

आयोजक
हङकङ नेप्लिज तेक्वादो एसोसिएसन
‘हामी उठ्ने छौं’ बृहत सांस्कृतिक कार्यक्रम
हङकङ





Comments

comments

Leave a Reply

10240