अमेरिकामा भारी हिमपात, नेपालीहरु यसरी रमाए (फोटो फिचर)

अमेरिकामा आएको भारी हिमपातको कारण जनजीवन पूर्ण अस्तव्यस्त
विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। अमेरिकाको पूर्वीय समुद्रतटमा हुने राज्यहरुमा आएको तीब्र भिषण हिमपात आँधीको कारण जनजीवन पूर्ण अस्तव्यस्त भएको छ। पूर्व भविष्यबाणी अनुसार इस्ट कोस्ट ब्लिज़र्ड २०१६ नामाकरण गरिएको उक्त हिम आंधीबेरीले तहसनहस बनाई दिएको छ।

हिमपात आँधीको प्रभाव जर्जियादेखि म्यासाचुसेट्ससम्म परेको छ भने जसको कारण ६ करोड मानिस तीब्र हिमपातको शिकार भएका छन्। शनिबार राति ११ बजेसम्म वाशिंगटन डिसी क्षेत्रमा २२. २ इन्च ,बाल्टीमोर क्षेत्रमा २९.२ इन्च ,फिलाडेल्फियामा १७.७ इन्च तथा न्यु योर्क शहरमा २७.७ इन्च हिमपात नापिएको छ।

वाशिंगटन डिसी महानगर क्षेत्रमा शुक्रबार अपरान्हबाट सुरु भएको थियो। यसै गरि शनिबार राति ११ बजे सम्मको जानकारी अनुसार करिब १० हजार हवाई जहाज शुक्रबारदेखि आइतबारसम्म रद्ध भएका छन्। अमेरिका कै अति व्यस्त अन्तर्राष्ट्रिय हवाई अड्डा वाशिंगटन डलस ,फिलाडेल्फिया तथा वाशिंगटन रेगन तथा बाल्टिमोरले हवाई आवतजावत रोकेको छ। यसै गरी, न्युयोर्कका गभर्नरले न्युयोर्क शहर तथा आईल्याण्डमा यात्रा नगर्न जानकारी दिएको छ।

व्यापक हिमपातको कारण सम्पूर्ण सार्बजनिक सवारी साधन ठप्प भएको छ। हिमपातका कारण मुख्य राजमार्गमा हजारौ यातायातका साधन तथा मानिस अलपत्र परेका छन्। हिमपातको कारण टेनेसी ,केन्टकी ,म्यारिल्याण्ड ,नर्थ क्यारोलाईना तथा भर्जिनियामा दुर्घटनाको कारण अहिलेसम्म मर्नेको संख्या १८ पुगिसकेको छ।

यसै गरी २ लाख ५० हजारका घरमा बिद्युत बन्द भएको छ। हिमपातको साथै न्युजर्सीको नदीमा आएको बरफको बाढीको कारण सडक अबरुद्ध भएको छ। अहिलेसम्म हिऊ सबैभन्दा ज्यादा वेस्ट भर्जिनियाको ग्लेनगारी नजिक ४० इन्च हिउ थुप्रिएको भेटिएको छ भने वेस्ट भर्जिनियाको क्षेत्रमा ३० इन्च भन्दा ज्यादा बिबरण प्राप्त भएको छ।

यसै गरि न्युयोर्कको जनएफकेनेडी विमानस्थलमा आइतबार बिहानसम्म ३०.५ इन्च जम्मा भएको समाचार छ।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

10724