तमू धीं कोरियाले स्यों कैं (बन भोज) कार्यक्रम आयोजना गर्ने

सुरज गुरुङ / एचकेनेपाल डट कम-
द. कोरिया। कोरियाको व्यस्त समय बावजुत दिन रात खटेर नंग्रा खियाउंदै पसिना बगाउंने क्रममा उत्पन्न प्रवासी मजदुरहरुका विभिन्न खाले तनाव, चिन्ता र भयवह समस्याहरुले थकित मन र मष्तिस्कलाई केही हदसम्म शान्त तथा आनन्द दिलाई दूर हटाउने उद्देश्य अनुसार तमू धी गणतन्त्र कोरियाले आगामी जुलाई १२ र १३ तारिमा स्यों कैं (बन भोज) कार्यक्रम आयोजना गर्ने भएको छ।

यहि जुन महिनाको ८ तारिखि धीं का अध्यक्ष सुरज गुरुङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गर्दै कोरियाको दोङदेमुन शहरदेखि बसमा जा“दा झण्डै डेढ घन्टा जति समय लाग्ने अति सुन्दर रमणीय मनोमहक दृश्यहरु तथा विभिन्न सुविधा जनक स्थल ग्योङगी दो याङफ्योङ भन्ने ठाउंमा बन भोज कार्यक्रम गर्न लागिएको बरिष्ठ उपाध्यक्ष बुद्धि गुरुङले जानकारी गराउनु भयो।

कार्यक्रमलाई सु–व्यवस्थित तरिकाले सफलपूर्वक सम्पन्न गर्नका लागि विभिन्न कार्य विभाजन सहित व्यवस्थापन समिति चयन गरिएको कुरा महासचिव प्रितम गुरुङले जानकारी दिदै सो स्यों कैं (बन भोज) कार्यक्रममा जानका लागि बसको व्यवस्था गरिएकोले १२ तारिखि शनिबार साँझा जान चाहानेहरुका लागि दोङदेमुनबाट ठिक ९ बजे र १३ तारिख आईतावार जान चाहानेहरुका लागि सोही स्थानबाट विहान ठिक ९ बजे बस लाग्ने कुरा धीं का संगठन सचिब जित बहादुर गुरुङले बताउनु भएको छ। उक्त बनभोज कार्यक्रममा विभिन्न स्वादिष्ट खानाका प्रकारहरुका साथ आफ्नो भाषा, भेषभूषा, संस्कार र संस्कृति झल्किने खालको मनोरन्जनात्मक कार्यक्रमहरु हुने जनाउदै १३ तारिखिका दिन कोरियाका लागि श्रमसहचारी अनिल गुरङको विशेष उपस्थिति रहने भएकोले छोटो औपचारिक कार्यक्रम आयोजना गरी तमू धीं ग. कोरियाको विगतदेखि वर्तमान सम्मका गतिविधिहरु जानकारी तथा आगामी दिनमा के कस्ता कार्य योजनाहरु तया गरि प्रवासी भूमि कोरियामा रहेका सम्पूर्ण तमू लगायत नेपाली समुदाय विच आई पर्ने समस्याहरुमा सर–सहयोग तथा हातेमालो गर्दै कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारेमा छलफल र अन्तरकृया कार्यक्रम पानि हुने भएकोले बनभोज कार्यक्रम विविध मनोरन्जनका अलबा थप उपलव्धी मुलक हुने कुरा धीं का अध्यक्ष सुरज गुरुङले बताउनु भएको छ।

स्यों कैं (बनभोज) कार्यक्रमको दर्ता शुल्क पुरुष वर्गका लागि साठी हजार वन र महिला वर्गको लागि चालिस हजार वन तोकिएको छ भने सहभागी तमू महानुभावहरुले जुलाई ११ तारिखसम्म नाम दर्ता गराई सक्नु पर्ने साथै निम्न उल्लेखित व्यक्तीको नाम र बैक खातामा तोकिए बमोजिमको शुल्क जम्मा गरिदिनुहुन पनि हार्दिक अनुरोध गरेको छ।

द. कोरियामा रहनु हुने सम्पूर्ण तमू (गुरुङ) बुद्धिजीवी, समाजसेवी, राजनीतिककर्मी, पत्रकार, विद्यार्थी, व्यापारी, व्यावसायी,श्रमिक लगायत सर्वसाधारण सबै दाजु–भाई दिदीबहिनीहरुलाई खुल्ला हृदयका साथ स्वागत गर्दै तमू धीं ग. कोरियाले उक्त कार्यक्रममा भव्य सहभागी भै दिनु हुन भनि हार्दिक अनुरोध गरेको छ।

पुनश्चः
दर्ता शुल्कः
महिला ४०,०००वन
पुरुष ६०,०००वन
अन्तिम दर्ता मितिः २०१४ जुलाई १२
दर्ता गर्ने व्यक्तिको नामः
एक बहादुर गुरुङ
के.बी. बैंक (कुक्मिन उन्हेङ)
खाता नं. ९३३९०२ ०१ ६१८४५६
सम्पर्क नं. ०१०–८७९७–४७६९

बस लाग्नेः
१. समयः सांझ ९ बजे
मितिः जुलाई १२ शनिबार
२. समयः बिहाना ९ बजे
मितिः जुलाई १३ आईताबार
स्थानः दोङदेमुन
सम्पर्कः
बेल गुरुङ ०१०–९०२२–८२८०
जित गुरुङ्ग ०१०–३२२३–७६०४

थप जानकारीको लागि सम्पर्क नं. हरु
सुरज गुरुङ्ग ०१०–८३८२–४३४३
बुद्धि गुरुङ्ग ०१०–४२३९–३३०५
भिम गुरुङ्ग ०१०–२२७०–३०४०
प्रितम गुरुङ्ग ०१०–८६९५–७७९८
राज कुमार गुरुङ्ग ०१०–२५१७–२३४६
एक बहादुर गुरुङ्ग ०१०–८७९७–४७६९
कृष्ण गुरुङ्ग (ब्रो) ०१०–६५२५–१८९९
मन्जु गुरुङ्ग ०१०–२६६५–३९९५
बुद्ध गुरुङ्ग ०१०–२१४३–१४४४
मोहन सिं गुरुङ्ग ०१०–२११७–४७४१
प्रदिप गुरुङ्ग ०१०–२३९८–११४६
भाबना गुरुङ्ग ०१०–५५६१–१३९९
राजन गुरुङ ०१०–२५८६–२२६२





Comments

comments

232