६ महिनादेखि तलब नपाएर अलपत्र परेका नेपालीलाई सहयोग

तिलविक्रम थेवे / एचकेनेपाल डट कम-
छ महिनादेखि तलव नपाई बसेका र अढाई महिनादेखि वेहाल भएर कोठामै रहेका २६ जना मध्ये १७ जनालाई धनकुटा सेवा समाजले संस्थागत रुपमा भेटर सहयोग गरेको छ। समाजका अध्यक्ष दुर्गा तामाङ्गको नेतृत्वमा गएका धनकुटा सेवा समाजका पदाधिकारीहरुले केही खाद्यान्न सहयोग गरेका हुन्।

समाजका अध्यक्ष तामाङ्गसंगै उपाध्यक्ष ललित लिम्बु, सचिव रंजित थापा, सहकोषाध्यक्ष डिल्ली सुवेदी, सदस्यहरु दिवस याक्खा (गायक), प्रेम जिमी, सन्तोष सिवा पत्रकारद्धय खगेन्द्र कार्की, तिलविक्रम थेवे लगायत पीडितहरुलाई भेटघाट गर्न पीडितहरु बस्दै गरेको आवासमा पुगेका थिए।

यसभन्दा अगाडि २६ जना रहेकोमा ८ जना घर फर्कि सकेकाछन्। उनीहरुका वारेमा नेपाली समुदायबीच जानकारी गराउने काम भने एसोसिएसन अफ न्यू फेमीली (एएनएफ) ले गरेको थियो। एएनएफले उनीहरुको मुद्दा श्रमअदालतमा दर्ता गराउने कामदेखि लिएर खाद्यान्न उपलब्ध गराउने काममा समेत सक्रियतापूर्वक मानवीय सहयोग गर्दै आएको छ। उनीहरुका समस्याको विषयमा एएनएफका महासचिव तथा प्रवक्ता असिफ अहमद चापागाई, मोहम्मद कार्की लगायत एएनएफका पदाधिकारीहरुले दूतावास र आइएलओका प्रतिनिधि विन्दा पाण्डेसमक्ष समेत कुरा राखिसकेका छन्।

एनएनएफ, कतार फाउउण्डेसन र धनकुटा सेवा समाजबाट सहयोग पाइएको भएपनि अन्य संघसस्थाहरुले सहयोग नगरेको जानकारी दिदैं ती पीडितहरुले यस्तो अवस्थामा प्रवासमा रहनुभन्दा आफूहरुलाई कम्पनीले टिकट दिएमा आफूहरुले पाउनुपर्ने तलव माया मारेर भएपनि घर तुरुन्त फर्कने बताए। तर कम्पनीका संचालकले भने उनीहरुप्रति कतिपनि चासो देखाएका छैनन्।

पीडितहरु मोरङ्ग हरैचाका नविन भट्टराई, वाँके कोहलपुरका अनिल स्याङ्गतान, झापा महेशपुरका प्रलय थापा, रुपन्देही खवन्गाईका राजेश कुमार चौधरी, नवलपरासी बर्दघाटका चुडामणी शर्मा, पाचँथर एकतिनका प्रकाश खपांगी, धनकुटाका प्रेम लिम्बु, मोरङ्ग बनिगाँउका रामप्रसाद घिमिरे, मोरङ्ग वेलवारीका भरत बर्देवा, बारा निजगढका आकाश लामा, मकवानपुर पदमपोखरीका सन्तबहादुर विक, रामेछाप नमाडीका कुसुम सार्की, उदयपुरका सुरज दाहाल, कपिलवस्तु खुरौरियाका रामेश्वर कुर्मी, बारा निजगढका भोला बहादुर भुजेल र भोजपुरका सन्तबहादुर राई मध्ये केही विगत चारवर्षदेखि र प्राय दुईवर्षभन्दा बढी समयदेखि एप्पल्स, द गार्डेन, एक्सेन्टललगायतका साउथ इन्डियनले चलाएको सप्लाई कम्पनीमा काम गर्दै आएका कामदारहरु हुन्।





Comments

comments

2468