नेविसंघका कारण शीर्ष नेतामा भाँडभैलो

काठमाडौं – नेपाली कांग्रेसको सशक्त भातृ संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनको लफडा शीर्ष नेताहरुको टाउको दुखाइको विषय बनेको छ।

नेविसंघको केन्द्रीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको विधान संशोधनलाई बेवास्ता गर्दै पार्टीका नेताहरुले आफूखुशि ३२ बर्षे उमेर हद कायम गरेपछि अझ बढेको खबर नेपाल समाचारपत्रमा छापिएको छ।

मातृपार्टीमा जस्तै गुट उपगुटमा विभाजित नेविसंघका नेताहरुले संस्थापन पक्ष पराजित हुने पक्का भएपछि अधिवेशन नगराउने नियतका साथ सभापति शेरबहादुर देउवाका नेताहरु लागेको आरोप लगाएका छन्।





Comments

comments

Leave a Reply

25250