मृतकका परिवारलाई साउदीबाट अढाइ करोड

काठमाडौं – रोजगारको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले पाउने गरी साउदी अरेबियाबाट करिब दुई करोड ३५ लाख रुपैयाँ (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) आएको छ।

लामो समयअघि रोजगारीको क्रममा श्रमिकले ज्यान गुमाए पनि बिमा, ब्लड मनीलगायतको रकम निकासा नगरिँदा मृतकका आफन्त अन्यायमा पर्दै आएका थिए।

साउदीस्थित नेपाली दूतावासले जनाएअनुसार विभिन्न कारणले ज्यान गुमाएका व्यक्तिका हकदारले पाउने गरी उक्त रकम (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) परराष्ट्र मन्त्रालयको खातामा जम्मा भइसकेको समाचार रुद्र खड्काले नागरिकमा लेखेका छन्।

श्रम स्वीकृति निकालेको संख्याको आधारमा साउदी अरेबिया यतिखेर दोस्रो गन्तव्यमा छ । साढे १० महिनादेखि सरकारले मलेसिया रोजगार बन्द गरेपछि साउदी दोस्रो नम्बरमा उक्लिएको हो। श्रमिक जाने संख्याको आधारमा विगतमा साउदी तेस्रो स्थानमा रहने गर्थ्यो।





Comments

comments

28023