चौतर्फी दवावमा सरकारी चिकित्सक

काठमाडौ – बिरामीको उपचार नगरी आन्दोलनमा होमिएका सरकारी चिकित्सक बिरुद्ध जनमत बढ्दै गएपछि चिकित्सकहरु अस्पताल परिसरमा बसेर बिरामीको सेवा गर्न थालेका छन्।

समायोजनका नाममा सरकारले दुर्गम क्षेत्रमा सरुवा गरेपछि सुगममा मात्रै काम गर्न पाउनु पर्ने माग गर्दै सरकारी चिकित्सकहरु आन्दोलनमा होमिएका थिए । सरकारले माग पुरा नगर्ने, सरकारी चिकित्सक आन्दोलनमा नाममा बिरामीलाई बिचल्लीमा पारेको भन्दै सर्वत्र आलोचना हुन थालेपछि आन्दोलनरत चिकित्सकहरुले सादा कागजमा सरकारी चिकित्सक संघ (गोदान)को छाप लगाएर बिरामीको परीक्षण शुरु गरेको छ।

सरकारी अस्पतालका चिकित्सक आन्दोलनमा लागेपछि निजी अस्पतालका दलालहरु अहिले नीजि अस्पतालमा बिरामी लैजान चलखेल गर्ने गरेको पाइएको छ।

वीर अस्पतालकै ट्रमा सेन्टरमा आउने बिरामीलाई पनि अस्पतालको परिसरमा राखेर चेकजाँच गरेजस्तो गर्ने र बिरामीलाई प्राइभेट क्लिनिकमा पठाउन दलालको चलखेल तीव्र भएको छ। नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले यो समाचार लेखेकी छिन् ।





Comments

comments

28108