विश्वकै ठूलो विमानको परीक्षण उडान, यस्ता छन् विशेषता..

काठमाडौं (एजेन्सीहरु)
पखेटाको आकारलाई आधार मान्दा विश्वकै ठूलो विमानले पहिलो उडान भरेको छ।

माइक्रोसफ्टका दिंवगत सहसंस्थापक पाउल अलेनले २०११ म स्थापना गरेको कम्पनी स्ट्राटोलन्चले निर्माण गरेको सो विमानले भू–उपग्रहका लागि फ्लाइङ लन्चप्याडको रुपमा भूमिका निर्वाह गर्छ।

भू–उपग्रहलाई कक्षमा छोड्नुपूर्व विमान १० किलोमिटरसम्म उड्ने अवधारणा बनाइएको छ ।यसको ३८५ फिट लामो पखेटा एउटा अमेरिकी फुटबल मैदान बराबरको रहेको छ ।

यदी यो योजना सफल भएमा यस किसिमको परियोजनाले वस्तुलाई जमिनबाट अन्तरिक्षमा रकेट प्रक्षेपण गर्नु भन्दा सस्तो पर्न जान्छ । पहिलो उडानमा ६ इन्जिन भएको यो विमान १५ हजार फिटसम्म उडेको थियो र विमानले २७४ किलोमिटर प्रतिघन्टाको गतिमा उडान भरेको थियो ।
‘अनुभव अविश्मरणीय रह्यो र विमानले अपेक्षा अनुसारनै उडान भर्यो,’ विमानका पाइलट इभान थोमसले भने ।

विभिन्न समाचार एजेन्सीहरुका अनुसार स्ट्राटोलन्चले आजको व्यायवसायिक विमानले उडान भरेझैं कक्षमा तालिका अनुसार पहुँच पुर्याउने लक्ष्य लिएको छ।

बेलायती अर्बपति रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन गालक्टिकले रकेटलाई कक्षमा लैजाने विमानको विकास गरेको थियो । स्ट्राटोलन्चले यो जहाजलाई विश्वकै ठूलो विमान भएको जनाएको छ। नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

28189