रिजु भट्टराई भईन् पहिलो ‘ मिस पथरी शनिश्चरे ‘

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

मोरङ । पथरी सनिस्चरेमा आयोजित वर्ल्ड लिन्क मिस पथरी शनिश्चरे २०१९ मा १४ जना प्रतियोगीहरुलाई पछि पार्दै पथरीको पञ्चायत उच्च माध्यमिक बिधालयमा +२ मा अध्ययनरत रिजु भट्टराईले मिस पथरी शनिस्चरे पहिलो ताज आफ्नो शिरमा पहिराउन सफल भईन्।

बिजेताले ताजसंगै ७५ हजार रुपैयाँ प्राप्त गरेकी छिन । उनलाई मिस पूर्वाञ्चल २०१४ तथा कोरियोग्राफर नेमिता आङ्गबुहाङ्गले ताज पहिरएकी थिइन् । उनलाई मिस पूर्वाञ्चल २०१९ मा सिधा प्रवेशको अवसर समेत प्राप्त भएको छ । त्यस्तै पथरी बहुमुखी क्याम्पसमा अध्ययनरत तुलसा नेम्बाङले फर्स्ट रनर अपको उपाधि हासिल गरेर ताजसंगै ५० हजार रुपैयाँ प्राप्त गरेको छिन् भने रेड स्टार बोस्डिङ स्कुलमा अध्ययनरत रेजिना राईले सेकेन्ड रनर अपको उपाधिसंगै २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन्।

त्यस्तै स्मिता तामाङलाई मिस फोटोजेनिक , रिजु भट्टराईलाई बेष्ट पर्सनालिटी, रेजिना राईलाई मिस ट्यालेन्ट, रोमा गुरुङलाई पब्लिक चोइस , तुलसा नेम्बाङलाई बेस्ट स्माइल टाइटलसहित नगद ७ हजार रुपैयाको पुरस्कार प्रदान गरिएको थियो ।

माउन्ट एभ्रेस्ट इन्टरटेन्ट्मेन्टको आयोजनामा तथा सिल्भर इन्टरटेन्ट्मेन्टको प्राबिधिक सहयोगमा तथा पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा पथरीको शिन भिलेज पार्टी प्यालेसमा सम्पन्न प्रतियोगितामा कोरियोग्राफर नेमिता आङ्बुहाङ , पहिरन मुन्धुम बुटिक , धरान र मेकअप दमक ब्युटीले गरेको थियो भने कार्यकम संचालन इक्सा मादेनले गरेका थिए । १५ जना प्रतियोगीहरुलाई २५ दिनको बन्द प्रशिक्षणपछि ग्रान्ड फिनालेमा उतारिएको थियो ।

मिस पथरी शनिश्चरेको पहिलो संस्करणको मुख्य निर्णायकको रुपमा पूर्वाञ्चल ल्युब ओयलका प्रबन्ध निर्देशक भोलेश्वर दुलाल थिए भने अन्य निर्णायकमा बरिष्ठ नृत्य निर्देशक गोबिन्द राई , संचारकर्मी तथा मिस मंगोल २०१५ को फर्स्ट रनरअप शरुपा थापा , फेशन डिजाइनर मुनु मिभक , म्युजिक भिडियो निर्देशक भुपेन्द्र तुम्बाहांगफे, कोरियोग्राफर तथा मिस पूर्वाञ्चल २०१५ सेकेन्ड रनरअप प्रमीसा बज्राचार्य , अरनिको हस्पिटलका निर्देशक लोलिम पोमो , पत्रकार सन्तोष राई र नेपाल जेसिजका पूर्व उपाध्यक्ष मन्जरी घिमिरे रहेका थिए ।





Comments

comments

28347