बालुवाटारभित्रको सरकारी जग्गा अझै व्यक्तिकै नाममा

काठमाडौं, प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा कांग्रेस संस्थापक नेता सुवर्णशमशेर राणाका हकदारका नाममा रहको पाइएको छ।

३४ रोपनी १३ आना २ पैसामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना र १४ रोपनी १० आनामा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा व्यक्तिको नाममा दर्ता छ।

अख्तियारको प्रारम्भिक छानबिनका क्रममा त्यो जग्गा सुवर्णशमशेरका हकदार रुक्मशमशेर, सुनीति राणा र शैलजा राणाका नाममा दर्ता रहेको पाइएको हो।

जग्गा २०२१ सालमा सरकारले प्रतिरोपनी ५ हजार रुपैयाँका दरले मुआब्जा दिई कानुनबमोजिम अधिग्रहण गरको २८४ रोपनी १४ आना ३ दाम क्षेत्रफलभित्रै पर्छ। कान्तिपुर दैनिकमा बलराम बानियाँ र घनश्याम खड्काले खबर लेखेका छन्।





Comments

comments

28612