हङकङमा मनाइने ‘मे दिवस’ मा नेपाली कामदारको ऐक्यवद्धता

अम्भु जेठा / एचकेनेपाल डट कम –

हङकङ, ३ मे । हङकङको केन्द्रविन्दु मानिने अति व्यस्त सडकमा कामदारहरुको विभिन्न संगठनहरुले १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाए।

लामो र्यालि प्रर्दशन गर्दै विभिन्न क्षेत्रका हजारौं कामदारहरुले बुधबार मध्यान्न उक्त दिवश मनाइएको हो।

हङकङको ट्रेड युनियनले मुख्य अगुवाई गरेको उक्त मजदुर दिवसमा ‘नेपाली निर्माण कामदार युनियन हङकङ’, सुदूर पूर्वी प्रवासी नेपाली संघ (फियोना), ‘नेपाली जनप्रगतिशील मञ्च हङकङ’, ‘ओभरसिस नेपाली वर्कस एसोसिएसन’, ‘घरेलु कामदार युनियन’ लगायत विभिन्न नेपाली संघ–सस्थाहरुले र्यालिमा ऐक्यवद्धता जनाएका थिए।

“वी आर वर्कअर–वी आर नट सेभ” अर्थात हामी कामदार हौं– हामी सुरक्षित छैनौ । अप्लै द स्ट्याण्डर वर्किङ आवर । कामदारुहरुको ज्याला वृद्धि गर । धेरै तहमा हुने ठेक्कापटा बन्द गर । ८ घण्टा भन्दा बढि काममा लगाउन पाइदैन । नाफा भन्दा पहिला सुरक्षाको प्रत्याभूती होस् । कामदारहरु मेशिन होइनन् । विश्वको मजदुर एक होऔं । मजदुर एकता जिन्दावाद । आकाशिदो महगि नियन्त्रण गर । नेपाली कामदार माथिको भिषा प्रतिवन्ध फुकुवा गर । समान कामको समान ज्याला देउ । आइएलओ महासन्धि पुरा गर जस्ता नाराहरु थिए।

हङकङको अति ब्यस्त स्थानहरु कजवे–बे स्थित भिक्टोरिया पार्कबाट सुरु भएको मजदुर र्यालि सुगर स्ट्रिट, हेनेसी रोड, रोड्नी स्ट्रिट हुदै सेन्ट्रल गभरमेण्ट अफिस अगाडि पुगेर सभामा परिणत भएको थियो । हङकङका कार्यकारी प्रमुख केरी लामको कार्यालय भवन अगाडि भएको सभामा यहाँका स्थानीय चाइनिज मजदुर संघ–सस्था तथा विभिन्न देशका श्रमिकहरुको संगठनले आ–आफ्नै ज्ञापन–पत्र वुझाएका थिए।

हङकङ सरकारले कामदारको तलब यो वर्ष प्रति घण्टा हङकङ डलर ३४.५ देखि हङकङ डलर ३७.५ बृद्धि गरेको थियो । तर, उक्त बृद्धि अहिलेको महंगो बृद्धिदरको आधारमा भने धरे नै कम भएको अगुवाइ संस्थाहरुले बताए। सरकारको नीति मालिकहरुको पक्षमा रहेको आरोप समेत लगाएको छ।

हङकङमा वार्षिक १०० कामदारहरु काम सम्बन्धी घाइते अपाङ्ग तथा विमारीको कारण मृत्यु हुने एक अध्ययनले बताएको छ । लामो समय काम गर्नु, परिवारसंग घुलमेल हुने समय नहुनु, कामदर रोर्वटकै रुपमा प्रयोग गरिनु, तलब कम हुनु जस्ता कारण रहेको बताइएको छ।

हङकङको स्थानीय चाइनिजसंगै विदेशी निर्माण तथा घरेलु कामदारहरुको सयौं संघ–सस्थाले ऐक्यवद्धता जनाएको उक्त र्यालिमा ५ हजार भन्दा धेरै जनसंख्याले भाग लिएको ट्रेड युनियनले बताएको छ । तर, हङकङ पुलिसले त्यत्रो संख्या नभएको बताएको छ।

हङकङमा हुने मे डे अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा हरेक वर्ष यहाँका नेपाली संघ–सस्थाहरुले भाग लिदै आएका छन्। मजदुर दिवसमा भाग लिने नेपालीहरुको विभिन्न संघ–सस्थाहरुले हरेक वर्ष आ–आफ्नै माग पत्र वुझाउदै आएका छन्।





Comments

comments

28782