२०१४ को हेप्पी वल्र्ड टुगेदर कार्यक्रम भव्य रुपमा सम्पन्न

सुरज गुरुङ / एचकेनेपाल डट कम –
प्रत्येक वर्ष गरिने Happy world Together खेल्कुद प्रतियोगिता यो वर्ष ओसानको सिमिन ह्वेग्वान हलमा भव्य रुपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रम (Jhoge order of korean Buddhism maha council for supporting migrants) द्वारा संचालन गर्दै आईरहेको छ। विगत वर्षहरुमा विभिन्न देशहरुको कल्चर र खेल्कुद प्रतियोगिता गर्दथे भने नेपालले सहभागिता जनाउन असमर्थ भएको थियो।

भलिबलमा मंगोलले प्रथम पुरस्कार ५,००,०० (पाच लाख वन) र चामल विभिन्न प्रकारका सामग्रीहरु प्राप्त गरेका थिए भने दोश्रो पुरस्कार भियतनामले ३,००,००० (तिन लाख वन) चामल अन्य सामाग्री, तेश्रो पुरस्कार कम्बोडियाले २,००,००० (दुई लाख वन) र चामल अन्य सामाग्रीहरु प्राप्त गरेका थिए।

हलमा दर्शकहरुलाई मनोरञ्जन दिनका लागि के पप (K.Pop)का गायक गायिकाहरुले भरपूर्ण मनोरञ्जन दिएका थिए। कार्यक्रमको अन्त्यमा बिभिन्न देशका गुरु लामाहरुद्वारा शुभकामना र बधाई मन्तव्य दिदै अर्को साल फेरि भेटौला भन्दै निशुल्क लक्की कुपनको पुरस्कारहरु वितरण गरेका थिए। पुरस्कारहरुमा एलसिडी टिभी, साईकल र चामल थिए। श्रीलंकालाई टिभी अनि थाईल्यान्ड, भियतनाम, मंगोल, कम्बोडिया र नेपालका सा¨ो लामालाई गिएर वाला साईकल र चामल वितरण गरिएको थियो भने अन्तिममा सबै दर्शक र खेलाडीहरुलाई विभिन्न पुरस्कारका साथै आहार दिई विदाई गरेका थिए। नेपालको तर्फबाट नेपाल बौद्ध परिवार र नागर्जुन गुम्बा परिवारका सदस्यहरुको बाक्लो उपस्थित रहेको थियो।





Comments

comments

2985