पुष्पल खड्का र शृष्टि खड्का अभिनित म्युजिक भिडीयो ‘आउँन माया’ सार्वजनिक

पुष्पल खड्का र शृष्टि खड्का

पुष्पल खड्का र शृष्टि खड्का अभिनित म्युजिक भिडियो आउँन माया सार्वजनिक भएको छ।

अम्बिका गुरुङको शब्द रचना रहेको गीतमा दिपक शर्माको संगीत र बीरेन्द्र श्रेष्ठ र योजना पुरीको स्वर सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन्।

राजकुमारी मेलामा जादाको रमाइलो दृश्यलाई भिडियोमा कैद गरिएको छ। भिडियोलाई निसान घिमिरेले निर्देशन गरेका हुन्। गीतलाई सम्पूर्ण हिसाबले उत्कृष्ट बनाउन प्रयास गरेको निर्माण पक्षको भनाइ छ।

भिडियोमा बाल कलाकार आयुस र अंशु गुरागाईको समेत आकर्षक नृत्य समाबेश गरिएको छ। सुरेन बस्यालको कोरियोग्राफी रहेको भिडियोमा उत्सब दाहाल, बिकास दाहालको सम्पादन, मनोज लामाको मेकअप समाबेश रहेको छ।





Comments

comments

30430