टाढा छ केरुङ-काठमाडौँ रेल

फाइल फोटो

प्रधानमन्त्री केपी ओलीले २०७२ साल चैतमा चीन भ्रमण गरेसँगै त्यहाँबाट रेल नेपाल ल्याउने कुराले चर्चा पाउन थाल्यो।

२०७६ सालसम्म आइपुग्दा प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म आएको रेल केरुङ हुँदै काठमाडौँ ल्याउने बताइरहेका छन्।

प्रधानमन्त्रीको कुरा सुन्दा महिना होइन केही दिनभित्र चिनियाँ रेल नेपाल आइहाल्छ जस्तो लाग्छ । तर, केरुङ–काठमाडौँ रेलमार्गको अहिलेसम्म सम्भाव्यता अध्ययनसमेत हुन सकेको छैन।

सम्भाव्यता अध्ययनअघि प्राविधिक अध्ययन प्रतिवेदन चाहिन्छ । चीनको नेसनल रेलवे अथोरिटी अफ चाइनाले रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन नेपाललाई २०७५ मंसिरमा बुझाइसकेको छ।

उक्त प्रतिवेदनले काठमाडौँ–केरुङ रेलमार्गको दुरी करिब ८० किलोमिटर हुने र निर्माण गर्न नौ वर्ष लाग्ने अनुमान गरेको छ । यो समाचार नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन्।





Comments

comments

31351