जनसंख्याभन्दा दोब्बर दूरसञ्चारका ग्राहक

फाइल फोटो

पछिल्लो एक दशकयता नेपालमा आक्रामक रुपमा विस्तार भएको दूरसञ्चार क्षेत्रमा प्रयोगकर्ता पनि उत्साहजनक रुपमा वृद्धि भइरहेको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथयांकअनुसार ४ करोड ११ लाख १० हजारले भ्वाइस सेवा र १ करोड ९० लाख डेटा सेवा प्रयोगकर्ता छन्।

केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको कुल जनसंख्यालाई आधार मान्ने हो भने देशमा रहेका नेपालीबाहेक औषतमा हरेक एक नेपाली बराबर दुईवटा सीमकार्ड तथा टेलिफोन लाइन पर्छ।

विभागले सन् २०११ देखि २०३१ सम्म २ करोड ९५ लाख जनसंख्या हुने प्रक्षेपण गरेको छ भने २०६८ को जनसंख्या द्द करोड ६४ लाख हो । यो समाचार कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छिन्।





Comments

comments

31371